नेपालीबाबु प्रितम र आयुष नै बन्लान त बिजेता ? – भिडियो
काठमाडाैं : आज भारतीय टेलिभिजनको निकै लोकप्रिय कार्यक्रम ‘सारेगमप लिटल च्याम्प’ को ग्राण्ड फिनाले आज राति हुदै छ। भारतभर छाएको यस कार्यक्रममा नेपालका २ बाल गायकहरु फाइनलमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रितम आचार्य र आयुष केसी २ बाल गायक नेपालको नाम उच्च बनाउदै टप ६ फाइनल सम्म पुगेका छन्। आफ्नो अद्भुत स्वरको कारण उनीहरुको चर्चा चारैतिर छ। भारतमा रहेका लाखौ प्रतिस्पर्धी लाइ उछिन्दै टप ६ मा पुगेका हुन्। यस अघिको शो हरुमा निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुष टप ६ मा पुग्न सफल भएका थिए।
नेपालमा मात्र हैन भारतमा समेत सबैको मन जितेर अघि बढिरहेका नेपाली बाल गायक प्रितम र आयुषले धेरैलाई आफ्नो फ्यान बनाइसकेका छन्। यति ठुलो शो मा प्रतिस्पर्धा गर्दै ग्राण्ड फिनालेमा पुग्नु सानोतिनो कुरा हैन। बास्तबमा भन्ने हो भने यो पनि ठुलो उपलब्धि भन्दा कम हैन। सुरु देखि नै यी दुइ बाल गायकले गाएको गीतमा सबै जज र निर्णायक हरु झुम्दै प्रसंसा गर्ने गरेका छन्। कति पटक त काधमा बोकेर समेत तारिफ भएको छ। नेपालका दुइ बाल गाएका प्रितम र आयुष केसी फाइनलमा पुगेका छन्। टप ६ बाट आजको ग्राण्ड फिनाले मा एक जनाले बिजेता बन्नेछ। यस अघिको शो हरुमा निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुष टप ६ मा पुग्न सफल भएका थिए। टप ६ जना फाइनलमा प्रवेश भएको थियो तिनै टप ६ बिचको फाइनल प्रतिस्पर्ध आज राति हुने भएको छ। भारतीय समय अनुसार जी टिभीमा ८ बजे प्रसारण हुने यो कार्यक्रम नेपालमा भने नेपाली समय अनुसार ८:१५ मा हुदैछ।
आजको यस कार्यक्रमले नै नेपालका दुइ बालक आयुष र प्रितमको भाग्यको निर्धारण गर्ने छ। आजको फिनालेमै सारेगामापा लिटल च्याम्पको बिजेताको घोषणा गर्ने छ। एक शोमा फाइनलमा २ नेपाली बालकहरु समेत बिजेताको प्रतिस्पर्धी बनेका छन्। अब यी २ बाल गायक मध्ये कसैले को सारेगामापा को यो सिजन जित्छ कि ? जे होस् – प्रितम र आयुषलाइ सारेगामाको उपाधि जित्न का लागि अग्रिम सुभकामना।
हेर्नुस् भिडियो