कालभैरवको दर्शन गरी जान्नुहाेस् तपाइँको आज

काल भैरव मन्दिर चिनारी- पाल्पाको पुरानो राजधानी तानसेनदेखि करिब १० किलोमिटर दूरीमा भैरवस्थान गाउँमा काल भैरवको मन्दिर छ । यही स्थानमा सेनराजा मुकुन्द सेनको दरबार पनि छ । यहाँको भैरवस्थान पाल्पाली सेनराजा मुकुन्द सेनले स्थापना गराएको मानिन्छ । यहाँका भैरव काशीबाट र काठमाडौं उपत्यकाबाट ल्याइएका भन्ने दुई प्रकारका धारणा पाइन्छन् । तसर्थ मुकुन्द सेनले यहाँका भैरवको मूर्ति भने अन्यत्रबाटै ल्याएर यहाँ प्रतिष्ठापन गराएको स्पष्ट हुन्छ । पाल्पाको काल भैरव मन्दिर सामान्य प्रकारको तले शैलीमा निर्मित छ । यसभित्र रहेको पुरानो भैरवको मूर्ति कसैले पनि हेर्न हुँदैन भन्ने जनविश्वास छ । तसर्थ सर्वसाधारणलाई दर्शनका लागि भैरवको एउटा मुकुन्डो मन्दिरको एक तलामाथि राखिएको छ ।

सर्वसाधारणले हेर्न नहुने भनिएको मूर्ति भने मन्दिरको तल्लो तलामा राखिएको मानिन्छ । काल भैरव मन्दिरका पुजारीमा नाथपन्थी जोगीहरू छन् । यी जोगीलाई दाङको रतननाथ मन्दिरबाट ल्याउने र पुजारीको काममा लगाउने गरिन्छ । जोगीहरू पुजारी भएकैले पाल्पा भैरवलाई रोट चढाइन्छ । यहाँ शनिबार धेरै ठूलो संख्यामा पशुबलि दिने प्रचलन छ । भैरवस्थानमा दशैंको समयमा ठूलो मेला लाग्ने गर्दछ । अन्य समयमा पनि यहाँ भैरवको दर्शन गर्न टाढाटाढादेखिका भक्तालुहरू आउने गर्दछन् । यहाँ अन्य देवीदेवताका मूर्तिहरू पनि छन् । काल भैरव मन्दिरमा अखण्ड बत्तीसमेत छ । यहाँको बत्ती निभे धुनीबाट सल्काउनुपर्ने र त्यो पनिनिभेमा काँगडा ज्वाला या दुल्लुको ज्वालाबाट आगो ल्याएर सल्काउनुपर्ने नियम छ ।

सिन्दुर जात्रा पाल्पा
सिन्दुर जात्रा पाल्पा

आज वि.सं.२०७६ जेठ २७ गते सोमवारको राशिफल (ज्यो.प.नारायणप्रसाद दुलाल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा खर्च बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मंगल कार्यको योगछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काम वा रोजगार पाईनेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । वोलीको भरमा कार्य सम्पादन हुनेछ । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । लाभदायक यात्राको योग छ ।

 

सम्बन्धित खवर

Back to top button