सरकारबाटै ठगिए कृषकहरूः उन्नत जातकाे भनेर बाँडेको मकै दाम्रा मात्रै
चितवन : जिल्लाकाे रत्ननगर र शुक्रनगरका कृषकहरु यो बर्ष धेरै नै मर्कामा रहेका छन् । कहिले उन्नत जातको बिउ पाँउदैनन् भने कहिले मल हाल्ने समय बित्दा पनि मल पाँउदैन् । यस्तै कारणले गर्दा मर्कामा परेका छन् । यो त भयो समयमा कृषकले कृषिसामान नपाएका गुनासा त्यस्तै सरकारले नै उन्नत जातको बिउ भनेर बाडेको मकैमा समस्या आएको छ । उक्त मकैभित्र फल नभएर दाम्रा मात्रै रहेकाे पाइन्छ ।
गीतानगर र शुक्रनगर क्षेत्रका कृषकहरूले न्यूनतम पाँच कट्ठादेखि बिघासम्मको क्षेत्रफलमा मकै खेती गरेका छन् । तर, सबै कृषकको मकैमा दाना लागेको छैन । त्यसैले उनीहरूले स्थानीय सरकार र कृषि ज्ञान केन्द्रमा क्षतिपूर्ति दिलाइदिन आग्रह गरेका छन् । किसानहरूले बिउ बिक्री गर्ने बीज भण्डारलाई कारबाही गर्नसमेत माग गरेका छन् । कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले पनि किसानहरू निवेदनसहित आएको बताए ।
कृषिविज्ञको टोलीले मकैमा दाना नलाग्नुको कारण पत्ता लगाउन छानबिन तथा जाँचबुझ सुरु गरेको छ । बाली विकास अधिकृत पौडेलले भने, ‘मकैमा दाना नलाग्नुको कारण चाँडै खुल्नेछ । त्यसपछि राहत प्रक्रिया अगाडि बढ्नेछ ।’ श्रेष्ठा जातका मकैको बिउका लागि नेपालका एरिया म्यानेजर थ्रीप्रसाद पलिखेले भने मौसम अनुकूल नभएकाले दाना नलागेको दाबी गरेका छन् । तर, बिउ वितरकहरूले कृषकलाई प्रविधिक ज्ञान दिएर मात्र बिउ वितरण गनुपर्ने कानुनी व्यवस्था छ ।