माइतिघरमा विज्ञापन ‘खारेज गर’ भन्ने र ‘कायम गर’ भन्नेहरू आमने-सामने


काठमाडौं : मंगलबार काठमाडौंको बबरमहलमा फरक दृष्य देखियो। दृष्य हो, लोकसेवाले स्थानीय तहका लागि खोलेको विज्ञापनको समर्थन गर्ने र उक्त विज्ञापन खारजेको माग गर्ने पक्षको आमने-सामनेको अवस्था । ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थी सडकमा ओर्लिएका थिए भने सोही विज्ञापनलाई खारेज गर्न माग गर्दै आदिवासी जनजाति महासंघले विरोध प्रदर्शन गर्याे ।
संविधानविपरित भएको भन्दै राज्यव्यवस्था समितिले नौ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवा दिन तयारी गरिरहेका परीक्षार्थी सडकमा उत्रिएका थिए। तर जनजाति महासंघ लगायतका संस्था आरक्षणको व्यवस्थालाई षड्यन्त्रपूर्ण र बदनियतपूर्वक निस्तेज पार्न खोजेको भन्दै आन्दोलित बनेका थिए।



विद्यार्थीले उक्त विज्ञापनलाई कायम गर्नुपर्ने माग गर्न नाराबाजी गरेका थिए भने जनजाति महासंघले उक्त विज्ञापन खारेजीको पक्षमा र्याली निकालेकाे थियाे। दुवै पक्षबीच झडपको स्थिति निम्ति नदिन सुरक्षाकर्मीले विद्यार्थीलाई पहिला नै माइतिघरबाट धपाएको थियो।