लाेकसेवाको विज्ञापन रद्द गर्ने निर्णय विरूद्द भाेलिदेखि सशक्त रूपमा आन्दाेलन गर्ने चेतावनी-भिडियो
काठमाडाैं : लाेकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशनको विरूद्ध भाेलिदेखि सशक्त रूपमा आन्दाेलन गर्ने चेतावनी लाेकसेवाको तयारी गरिरहेका विद्यार्थी दिएका छन् । आज शान्तिपूर्ण आन्दाेलन गरेकाे भएपनि प्रहरीले धडपकड गरेका कारण भाेलि थप सशक्त तरिकाले आन्दाेलनमा उत्रिने लाेकसेवा विज्ञापनका पक्षधर विद्यार्थीले यस्तो चेतावनी दिएका हुन् ।
विज्ञापनको समर्थन गर्ने र उक्त विज्ञापन खारजेको माग गर्ने पक्षको आमने-सामनेको अवस्था विराेध प्रदर्शन भएकाे थियाे । ९ हजार कर्मचारीको विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थी सडकमा ओर्लिएका थिए भने सोही विज्ञापनलाई खारेज गर्न माग गर्दै आदिवासी जनजाति महासंघले विरोध प्रदर्शन गर्याे ।
संविधानविपरित भएको भन्दै राज्यव्यवस्था समितिले नौ हजार कर्मचारीको विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवा दिन तयारी गरिरहेका परीक्षार्थी सडकमा उत्रिएका थिए। तर जनजाति महासंघ लगायतका संस्था आरक्षणको व्यवस्थालाई षड्यन्त्रपूर्ण र बदनियतपूर्वक निस्तेज पार्न खोजेको भन्दै आन्दोलित बनेका थिए।
यसैबीच प्रस्तुत छ- लाेकसेवा आयोगले खाेलेकाे विज्ञापनका पक्षधर परिक्षार्थीहरूले आजबाट सुरू गरेकाे आन्दाेलनको नेतृत्व गरिरहेका तिलक सुवेदीसँग सत्कार पाेष्टका लागि गाेपाल सुनारले गरेकाे विचाराेत्तेजक कुराकानीः