३५ जना चालकः जसले तीव्र गतिमा सवारी चलाएपछि…


काठमाडौं : तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउने चालक कारवाहीमा परेका छन्। तोकिएको गतिभन्दा बढी गतिमा सवारी चलाउँने ३५ जना सवारी चालक कारवाहीमा परेका हुन्।
ट्राफिक प्रहरीले चक्रपथस्थित नयाँ बनेको कलंकी-कोटेश्वर सडकखण्ड अन्तर्गत धावीघाट, कलंकी र सातदोबाटो चौकमा सवारी साधनको निगरानी बढाएको हो। सोही क्रममा उनीहरू कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।



साथै मनहरा–साँगा सडक खण्ड अन्तर्गत सल्लाघारी चौकमा ४५ जना सवारी चालकलाई सम्झाई बुझाई गरि छोडिएको पनि महाशाखाको भनाइ छ।








