माेटरसाइकल दुर्घटनामा परि एक जनप्रतिनिधिको निधन, एक गम्भीर घाइते
बझाङ, ३० जेठ : जनप्रतिनिधि चढेको मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको ज्यान गएको छ । जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइलल पल्टिँदा वडाका सदस्य नरेश महरको ज्यान गएको हो । महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा ज्यान गएको हो ।
मोटरसाइकलमा पछाडी सवार वडाध्यक्ष हरिचन्द्र जोशी गम्भीर घाइते भएका छन् । घाइते अध्यक्षलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लिने तयारी भैरहेको छ ।