सन्नी लियोन नाँचेको नेपाली भिडियो एक घण्टा नवित्दै युट्युबबाट हटाइयो, यस्ताे रहेछ कारण

काठमाडौं, ३० जेष्ठ : बलीउड नायिका सन्नी लियोनले आइटम डान्स गरेको नेपाली गीत युट्युबमा राखेकाे एक घण्टामै हटाइएको छ । उनले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत युट्युबबाट हटाइएको हो।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट राखिएको उक्त गीतको भिडियो अहिले खोज्दा त्यहाँ देखिदैँन। बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको गीत युट्युबमा राखिएको एक घण्टा बित्न नपाउँदै हटाइएको हाे । गीत किन हटाइयो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन। आधिकारिक युट्युब च्यानलबाट हटाइए पनि अरु विभिन्न युट्युब च्यालले गीत अपलोड गरेका छन्।

विक्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन्। यो गीतमा संगीत संयोजन महाराज थापाको रहेको छ। एक्सन, कमेडी र थ्रिलर जनराको फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ। यो फिल्मको कथा सिमा गुरुङले तयार पारेकी हुन्। भिडियो ५ करोडको लगानीमा बनाइएको हो।

सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अमृत बस्नेत र हिराल जोशीको लगानी रहेको छ। अमर जीत सिंहले छायांकन गरेको फिल्ममा अर्जुन जिसीले सम्पादन गरेका हुन्। यो फिल्म भदौ २७ देखि प्रर्दशनमा आउने भएको छ।

सम्बन्धित खवर

Back to top button