विश्वकप क्रिकेटको १९ औं भिडन्तमा शुक्रबार साउथहेम्टनमा इंग्ल्यान्ड र वेस्टइण्डिज प्रतिस्पर्धामा उत्रिएका छन्। वेस्टइडिज प्रतियोगितामा दोस्रो जितको खोजीमा रहँदा उपाधि दाबेदार इंग्ल्यान्ड तेस्रो जितको प्रतीक्षामा रहेको छ। विश्वकपमा वेस्टइंडिजविरुद्ध इंग्ल्यान्डको बलियो इतिहास छ। पछिल्लो ४० वर्षदेखि ब्यारिेवियन टिमसँग इग्लिस टिम पराजित भएको छैन।
इंग्ल्यान्डविरुद्ध वेस्टइण्डिजले पछिल्लोपटक १९७९ मा जित निकालेको थियो। त्यसपछि यी दुई टिमबीच पाँचपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा भएको छ। जसमा सबै पाँच खेलमा इंग्ल्यान्ड विजयी भयो। दुई टिमबीच अहिलेसम्म कुल १०१ भिडन्त भएको छ। जसमा इंग्ल्यान्डले ५१ र वेस्टइंडिजले ४४ खेलमा जित निकालेका छन्। ६ खेल नतिजाविहीन भएका छन् । इंग्ल्यान्डको मैदानमा दुवै टिमले अहिलेसम्म ३९ खेल खेलेका छन्। जसमा आयोजक टिमले २२ खेलमा जित निकालेको छ। जहाँ वेस्टइंन्डिजले १५ खेलमा सफल्ता हात पारेको छ। दुई खेलमा नतिजा निक्लन सकेको छैन्।
साउथहेम्टनमा भैरहेको खेलमा पहिले टस जितेर बलिङ राेजेकाे इंग्ल्यान्डले ४ ओभर सक्दा तेस्राे ओभरमै लुसलाई धरापमा पारेकाे छ । २ रण मात्रै जाेडेर लुइस आउट भएका छन् ।वेस्टइंण्डिजले चार ओभरमा जम्मा ८ रन जाेडेको छ ।