भूकम्प आउँछ भनेर संन्त्रास फैलाउने अर्जुन क्षेत्री छुटे


काठमाडौं : देशमा विनाशकारी भूकम्प आउँछ भन्दै भनेर अफवाह फैलाउने ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । जेठ २१ गते गौशालाबाट पक्राउ परेका क्षेत्रीलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले तारेखमा रिहा गर्न आदेश दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटी अनुसार क्षेत्रीले युट्युव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।


