किन सुरक्षित हुन सकेन वडा कार्यालय ?

राजविराज : जिल्लाको राजविराज नगरपालिका ५ को वडा कार्यालयमा गएराति चोरी भएको छ। कार्यालयबाट एक-एक थान ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगद रकम चोरी भएको अध्यक्ष समीर झाले जानकारी दिएका छन् ।

बिहान कार्यालयको ढोकाको ताला फोडेको र दर्ता चलानी किताबलगायतका आवश्यक कागजात बाहिर फ्यालेको अवस्थामा फेला परेको र भित्र हेर्दा चोरी भएको वडा अध्यक्ष झाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको एसपी मनोजकुमार यादवले बताए ।

सम्बन्धित खवर

Back to top button