काठमाडाैं : भ्रष्टाचार विरूद्धका अभियानता ज्ञानेन्द्र शाहीले सारा नेपाली जनताकाे रगत उमाल्ने गरी भाषण गरेका छन् । उनले भ्रष्टाचारीलाई ३ कराेड नेपाली जनताले ठेगान लगाउने कुरा समेत व्यक्त गरेका छन् । संसद भवन नजिकै आयाेजना गरकाे एक कार्यक्रममा उनले यस्ताे भाषण गरेका थिए । शाहीले केपि ओली सरकार भित्र माैलाएको भ्रष्टाचारको खुलेर विराेध गरेका छन् । उनले भने ‘जनताले तिरेकाे करकाे ९० प्रतिशत गाडि र झण्डा हल्लाउनमै खर्च हुने गरेकाे छ भने बाँकी १० प्रतिशत मात्रै जनताकाे काममा खर्च हुन्छ, यसरी देश लुट्न पाइदैन, पाइदैन ।’
नेपाली जनतालाई सजग गराउनका लागि उनले प्रश्न गरे ‘छाेरा छाेरीलाई जन्माएर खाँडि र अमेरिका अष्ट्रेलिया पठाउने कहिले सम्म ?’ सबैले आ-आफ्नाे ठाउँबाट अधिकार माग्ने मात्रै हाेइन कर्तव्य पनि पालना गराैं र भ्रष्टाचार गर्नेलाई नछाेडाैं तब मात्रै देश बन्छ । उनले कम्युनिष्ट सरकारतिर कटाक्ष छेड्दै भने कहाँका माक्सबादको कुरा गर्छाैं मित्रहरू विश्वभरी मानिएका गाैतमबुद्धलाई पछाडी राखेर जुन देशमा जन्मेका हुन् त्यही देशले नमान्ने कार्लमाक्स नारा ल्याएर जनता भेडा बनाउने ? बुद्ध, सीता, भृकटी जन्मेकाे देशमा माक्स पढाएर भ्रष्टाभार गर्न पाइदैन । अब यही देशको माटाेभित्र सिद्धान्त जन्मिन्छन् । जर्मनका खाेक्रा नाराहरू नेपालमा चलाएर हुँदैन ।’
भ्रष्टाचार विरूद्धका अभियान्ता शाहीले जङ्गिदै भने ‘प्रत्येक प्रदेशमा भ्रष्टाचार भएकाे छ । म डाटा देखाउँछु डाटा भन्दा बाहिर बाेल्दिन त्यही डाटाले टाउँकाे दुखेकाे हाे । १ खर्ब ४४ अर्ब ४३ कराेड ५४ लाख पाेहाेर सालकाे सरकारले खर्च गरेकाे छ । प्रधानमन्त्रीले मात्रै १ खर्ब ६८ अर्ब खर्च गरेका छन् । देशकाे विकास खर्च भन्दा बढी खर्च गर्न पाउने अधिकार प्रधानमन्त्रीलाई छैन् । सारा नेपाली जनतालाई बुझ्ने भाषामा भन्नुपर्दा याे भनेकाे सय रूपैयाँ तिर्दा १० रूपैयाँ ९८ पैसा मात्रै तपाइँकाे भविष्यकाे लागि खर्च भएकाे छ । बाँकी ८९ रूपैयाँ २ पैसा तपाइँकै जनप्रतिनिधि वडाहाकिम र डिएसपि साप इनिस्पेक्टर दुँनियालाई पाल्दै गएकाे छ । हामीलाई ९० रूपैयाँ हाम्राे विकासमा खर्च हुनु पर्याे बाँकी दश रूपैयाँ उनीहरूकाे तलब भत्तामा खर्च हुनु पर्याे । यस्ताे सरकार चाहिँदैन, चाहिँदैन , यदि याे डाटा गलत हाे भने यहिँबाट मलाई जेल हाल ! मैले सुर्खेतकाे यस्तै मञ्चबाट मुख्यमन्त्रीलाई भनेकाे थिए बिचार ३ मिनेटमा प्रहरीद्वारा कुट्न पठाए ।’
हेर्नुस् भिडियाे