दाजुको स्कुटर पछाडि बसेकी युवती नदीमा हाम फालेर वेपत्ता
चितवन, ३१ जेष्ठ : नाराणगढमा दाजुको स्कुटरबाट झरी नारायणीमा हाम फालेर एकक युवती वेपत्ता भएकी छिन । दाजुको स्कुटर पछाडि बसेर आएकी २१ वर्षीय कवतिा सापकाेटाले स्कुटरबाट झरेर नारायणीमा हाम फालेकी हुन् । प्रत्यक्षदर्शीका अनुसार युवती पुलको रेलिङ चढेर नदीमा हाम फालेकीि थिइन ।
पूर्वी चितवनको राप्ती नगरपालिकास्थित वीरेन्द्रनगरकी सापकोटा दाजुको स्कुटर चढेर नारायणगढ तर्फ आउँदै थिइन् । पुलमा सवारी चापका कारण केही भीडभाड भएका बेला उनी स्कुटरबाट झरेर नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाईलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
उनीहरु दुई जना मावली घर रजहरबाट फर्किदै थिए । नदीमा हराएकी युवतीको खोजी कार्य भइरहेको छ । सापकोटा गत फागुनमा मात्रै विहे गरेर चितवन आएकी थिइन् । उनको माइति घर कञ्चनपुरको महेन्द्रनगर हो ।