पुष्पा शर्माको ‘सारा खुसी’ बजारमा आएपछि तहल्का पिट्दै


काठमाडाैं, १ असार : पुष्पा शर्माको नयाँ लाेक दाेहाेरी गीत ‘सारा खुसी’ सार्वजनिक भएकाे छ । शुक्रबार मात्रै उनकाे नयाँ लाेक दाेहाेरी गीत ‘सारा खुसी’ काे रिलिज भएकाे हाे । सारा खुसी’लाई काजिस श्रेष्ठकाे युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे । गीत रिलिज भएसँगै यस गीतले बजारमा तहल्का पिट्ने अनुमान गरिएकाे छ ।
याे गीतमा पुष्पा शर्माले उत्कृष्ठ शब्द छनाैट गरेकी छिन् । ‘म मरेर के भाे’ का गायक भद्र ओलीले संगीत भरेर अझ मिठास थपिदिएका छन् । त्यसमा देवी घर्ती र विक्रम तामाङकाे सुरिलाे स्वरले गीतमा सुनमा सुगन्ध थपिएकाे छ । जसमा काजिस श्रेष्ठ र पुष्पा शर्माले वेजाेड अभिनय गरेका छन् ।



याे गीतकाे भावले युवा/युवती बीचकाे प्रेम सम्बन्धलाई उजागड गर्न खाेजेकाे छ । ‘मसँग छुट्टिने कुरा गर्याै भने, याे ज्यान फाल्न केही छैन मलाई आफ्नाे स्वार्थ पुरा गर्याै भने ,’ भन्ने शब्दले चाेखाे माया गर्नेहरू विछाेडिनु पर्दा मृत्युकाे विकल्प देख्दैनन् । निःस्वार्थ प्रेम गरेकाे बेला एक्कासी छलकपट भएमा आफ्नाे ज्यान फाल्न पनि तत्पर रहेकाे सन्देश यस गीतले दिएकाे पाइन्छ ।
हेर्नुस् म्युजिक भिडियाे