पाकिस्तानलाई चाैथाे ओभरमै पहलाे झट्का, नाै ओभर खेल्दा ३४ रन मात्रै


एजेन्सी : भारतलाई हराउन गतिलो पारी खेल्नुपर्ने पाकिस्तानलाई चाैथाे ओभरमै पहिलाे झट्का लागेकाे छ । ओपनर इमाम उल हक चाैथाे ओभरको पाँचाै बलमा विजय शंकरको एलशी डब्लु धराप परे । नाै ओभर खेल्दा ३४ रन मात्रै बनाएकाे छ । इङ्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा उपाधि दाबेदार टोली भारतले पाकिस्तानलाई जितका लागि ३ सय ३७ रनको फराकिलो लक्ष्य दिएको छ। म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस हारेर ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खैल्दै ५ विकेटको क्षतिमा ३३६ रन बनाएपछि पाकिस्तानले जितका लागि ३३७ रनको लक्ष्य पाएको हो।
भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक १४० रनको योगदान दिए। ३९ ओभरको दोस्रो बलमा हसन अलीले वहाब रियाजबाट क्याच आउट गराउनु अघि रोहितले १ सय १३ बलमा १४ चौका ३ छक्का प्रहार गरे। रोहितको यो वान डे करियरको २४ औं शतक हो। रोहितको जारी विश्वकपमा यो दोस्रो शतक समेत हो। यसअघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए। कप्तान बिराट कोहलीले ७७ रन बनाए। कोहलीले ६५ बलमा ७ चौंका प्रहार गरे। अर्का ओपनर केएल राहुलले ७८ बलमा ३ चौंका र २ छक्कासहित ५७ रनको अर्धशतकिय पारी खेले। रोहित र केएलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गर्दै टोलीको स्कोर उकासेका थिए।



त्यस्तै हार्दिक पाण्ड्याले २६ तथा विजय शंकरले नटआउट १५ र केदार जादबले नटआउट ९ रन बनाउँदा महेन्द्रसिंह धोनी १ रनमा आउट भए। पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ४७ रन दिँदै ३ विकेट लिए। त्यस्तै हसन अली र वाहब रियाजले समान १–१ विकेट लिए। भारतले ३ खेलमा २ जित र एक खेलमा अंक बाँडदै ५ अंक जोडेको छ। पाकिस्तान ४ खेलमा १ जित, २ हार र १ बराबरी सहित ३ अंक बटुलेको छ। दोस्रो जितको खोजीमा रहेको पाकिस्तानले भारतलाई स्तब्ध बनाउन चाहन्छ।