विश्वकप क्रिकेटः पाकिस्तानमाथि भारतको फराकिलाे जीत

एजेन्सी : भारतले पाकिस्तानलाई ८९ रनले प्राजित गरेकाे छ । इङ्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा उपाधि दाबेदार टोली भारतले पाकिस्तानलाई जितका लागि ३ सय ३७ रनको फराकिलो लक्ष्य दिएको थियाे । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस हारेर ब्याटिङ गरेको भारतले पूरै ५० ओभर खैल्दै ५ विकेटको क्षतिमा ३३६ रन बनाएपछि पाकिस्तानले जितका लागि ३३७ रनको लक्ष्य पाएको थियाे । वर्षाका कारण डिएल मेथडबाट खेल गराउँदा ४० ओभरकाे खेलमा ३०२ काे लक्षय पाएको पाकिस्तानले ६ विकेटकाे क्षतिमा २१३ रन मात्रै जाेड्न सफल भयाे । भारतले फराकिलाे ८९ अंकले जीत हात पारेकाे हाे ।

एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार तेस्रो जित निकालेको छ । आईतबार राती पाकिस्तानलाई वर्षाले असर गरेको खेलमा ८९ रनले पराजित गर्दै भारतले अपराजित यात्रा कायमै राखेको हो । विजय शंकरले ओपनर इमाम उल हकलाई ७ रनमा एलबी डब्लू आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । पाकिस्तानका लागि ओपनर फकार जमानले सर्वाधिक ६२ रनको योगदान दिए । कुलदीप यादवको २६ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि जमानले ७५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि जमान र बाबर आजमले १ सय ४ रनको उत्कृष्ट साझेदारी गर्दै जितको झिनो आसा देखाएका थिए । तर २४ ओभरको अन्तिम बलमा कुलदीपले बाबरलाई ४८ रनमा बोल्ड आउट गर्दै शतकीय साझेदारी तोडेसँगै भारत खेलमा फर्किएको थियो । बाबरले ५७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । २७ ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले मोहम्मद हफिजलाई विजय शंकरबाट क्याच गराउँदै ९ रनमा पेभिलिएन फर्काए । लगत्तै अर्को बलमा हार्दिकले सोएब मालिकलाई शुन्यमा बोल्ड आउट गरेपछि पाकिस्तानको जितको संभावना कठिन बनेको थियो । कप्तान शरर्फराज अहमिदलाई विजय शंकरले १२ रनमा बोल्ड आउट गरे । ईमाद वासिम ४६ र शादव खान २० रनमा नटआउट रहे । भारतका लागि हार्दिक पान्ड्या, कुलदीप यादव र विजय शंकरले समान २/२ विकेट लिए ।

भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक १४० रनको योगदान दिए। ३९ ओभरको दोस्रो बलमा हसन अलीले वहाब रियाजबाट क्याच आउट गराउनु अघि रोहितले १ सय १३ बलमा १४ चौका ३ छक्का प्रहार गरे। रोहितको यो वान डे करियरको २४ औं शतक हो। रोहितको जारी विश्वकपमा यो दोस्रो शतक समेत हो। यसअघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए। कप्तान बिराट कोहलीले ७७ रन बनाए। कोहलीले ६५ बलमा ७ चौंका प्रहार गरे। अर्का ओपनर केएल राहुलले ७८ बलमा ३ चौंका र २ छक्कासहित ५७ रनको अर्धशतकिय पारी खेले। रोहित र केएलले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गर्दै टोलीको स्कोर उकासेका थिए। त्यस्तै हार्दिक पाण्ड्याले २६ तथा विजय शंकरले नटआउट १५ र केदार जादबले नटआउट ९ रन बनाउँदा महेन्द्रसिंह धोनी १ रनमा आउट भए। पाकिस्तानका लागि मोहम्मद आमिरले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ४७ रन दिँदै ३ विकेट लिए। त्यस्तै हसन अली र वाहब रियाजले समान १–१ विकेट लिए।

यो जितसँगै भारत ४ खेलमा ३ मा जितका साथ ७ अंक जोड्न सफल भएको छ । भारतले आफ्नो पाँचौ खेलमा आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ । विश्वकप क्रिकेटमा पाकिस्तान भारतसँग लगातार सातौंपटम पराजित भएको हो ।

सम्बन्धित खवर

Back to top button