इन्धनकाे मूल्य प्रतिलिटर २ रूपैयाँले घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल लगायतका इन्धनकाे मूल्य घटाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार इन्धनकाे मूल्य समायोजन गरिएको हाे ।

नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेल तीनैथरीमा प्रतिलिटर २/२ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाइ इन्धन -एटीएफ तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ।

याे मूल्य साेमबार देखि लागू भएकाे छ। घटेकाे मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ।

सम्बन्धित खवर

Back to top button