satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अन्याैलमै लाेकसेवा तयारी गरिरहेकाहरू माथि थपियो अर्काे अन्याैल

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार २ मा प्रकाशित
2,491
अन्याैलमै लाेकसेवा तयारी गरिरहेकाहरू माथि थपियो अर्काे अन्याैल

काठमाडाैं : देश संघीय संरचनामा गएपछि लाेकसेवा आयाेगले सरकारी सेवाकाे लागि कानूनबाहेक अन्य सेवाकाे विज्ञापन खुलाएकाे छैन् । तर विद्यार्थी भने खुल्छ कि भन्ने आशले एक वर्षदेखि आयाेगकाे तयारी गरेर बसिरहेका छन् । तयारी गरिरहेका तमाम विद्यार्थीका लागि याे क्षण निकै कष्टकर पनि बन्याे । कतिपय तयारी गरेर बसीरहेका विद्यार्थीको उम्मेरले समेत नेटाे काट्याे । कतिले बिदेशिनु पर्याे । याे अध्ययनको विषय पनि बन्ला । जब यसपटक स्थानीय तहका लागि भनेर लाेकसेवा आयाेगले झण्डै नाै हजारकाे हाराहारीमा आवेदन खुला गर्याे त्यसपछि धेरैकाे आसा पलायाे । विडम्बना त्याे आशा दीर्घकालिन हुन सकेन । २ नम्बर प्रदेशले यसकाे खुलेर विराेध गर्याे । राज्य व्यवस्था समितिले विज्ञापन नै रद्द गर्नुपर्ने निर्देशनदिएपछि विद्यार्थी आन्दाेलनमा समेत हाेमिए ।

सरकार र व्यवस्थापिका संसदबीचकाे कुरा नमिल्दा विद्यार्थीहरूमा अन्याैल थपियाे । त्यतिले मात्रै पुगेन सँगै फेरि अर्काे संकट विद्यार्थीमा थपिएकाे छ त्याे हाे आयाेगकाे वेबसाइटबाट अनलाइन फर्म भर्न नमिल्नु । समिति र सरकारवीचकाे मतभेद चुलएपछि अधिकांश विद्यार्थीले समयमै फर्म भेरनन् । रद्द हुन्छ कि भन्ने त्रासमा बसिरहे जब अन्तिम घडि सुरू भयाे त्यसपछि भने फर्म भर्न हतारिए । तर आयाेगकाे वेबसाइटमा नै समस्या देखिएपछि विद्यार्थीहरू यतिबेला निकै समस्या परेकाे देखिन्छ । अघिल्ला वर्षहरूकाे भन्दा निकै गर्मी बढेकाे छ तैपनि अनलाइन फर्म भर्ने हुटहुटिले विद्यार्थीहरू साइबरकाे अगाडि झुम्मिरहेका छन् । जाजरकाेटका घर भइ हाल काठमाडाैं, किर्तिपुरमा अध्ययनकाे सिलसिलमा बस्दै आएका टंक थापा स्थानीय तहका लागि लाेक सेवा आयाेगले विज्ञापन खुलाउँदा निकै हर्षित बने । किन भने उनी लगातार एक वर्ष पहिले देखि लाेकसेवा आयाेगकाे तयारी गरिरहेका छन् । अब सरकारी जागिरकाे लागि लड्न पाइने भयाे भन्ने लाग्याे उनलाई तर राज्य व्यवस्था समितिले रद्द गर्ने निर्देशन दिएपछि फर्म भरम कि नभरम भन्ने दाेधारमा रहे उनी । यही द्वविधाले गर्दा समयमै फर्म भरेनन् तर समय घर्केपछि फर्म भरिहाल्नु पर्याे भन्ने लाग्याे । फर्म भर्न साइबरमा जाँदा निकै भिडभाड थियाे । उनीपनि त्यही भिडमा मिसिए । उनी भन्छन् ‘साइटमा समस्या आएकाे रहेछ, अहिले हुन्छ कि भनेर बस्दा बस्दा दुईदिन बितिसक्याे खाना खान पाएकाे छैन् ।’

बाँके घर भइ हाल त्रिभुवन विश्वविद्यालय,शिक्षाशास्त्र संकाय केन्द्रीय विभाग स्नातकाेत्तर तहमा अध्ययनरत यज्ञ ओली स्थानीय तहकाे लागि लाेकसेवाले विज्ञापन गरेपछि प्रासकाे राम्रै तयारी गरिरहेका छन् तर लाेकसेवाले लिने अनलाइन फर्म भर्न नपाएपछि निकै दुःदि देखिन्छन् । उनीपनि दिनमा चारपाँच पटक साइबर जाने र आउने गरिरहेका छन् । त्यस्तै अछामका युवराज रावल काठमाडाैंकाे त्रिचन्द्र क्याम्पसमा विए प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थी हुन् । लाेकसेवाले स्थानीय तहका लागि टन्नै विज्ञापन खुलाएपछि उनी पनि यसपटक लाेकसेवाकाे आवेदन भर्ने विचारमा थिए, तर अनलाइन फम भर्ने साइटमा नै तीन दिन देखि समस्या आएपछि उम्मेदवार बन्न पाइन्न की भन्ने चिन्तामा छन् । उनले भने ‘अस्तिदेखि साइबर धाउन थालेकाे साइटले कामै नगरेर टेन्सन भइरा’छ, फम भर्न पाइदैन कि भन्ने लाइरा’छ, किताब खरिद गरेकाे खेरै जाने हाे कि !’ लाेकसेवाकाे आवेदन रद्द हुन्छ कि भन्ने अन्याैलका बीच फर्म भर्न मिल्छ कि मिल्दैन भन्ने अन्याैलमा विद्यार्थीहरू फसेका छन् ।

लाेकसेवा आयाेगका प्रवक्ता (सह-सचिव) किरणराज शर्मा (०१-४७७१५४६) र सूचना अधिकारी देवीप्रसाद सुवेदी (०१-४७७१३५५) मार्फत वेबसाइटमा आएकाे समस्या बारे बुझ्न खाेज्दा सम्पर्क हुन सकेन । प्रवक्ताकाे टेलिफाेन उठेन भने सूचना अधिकारीकाे टेलिफाेन सम्पर्क विहिन थियाे । लोक सेवा आयोगले स्थानीय तहका रिक्त पदपूर्तिका लागि आव्हान गरेको विज्ञापनका लागि अनलाइन आबेदन भर्न नपाएपछि आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले सास्ती भोग्नु परेको गुनासाे गरिरहेका छन् । आयोगको आधिकारिक वेबसाइटको सर्भरले तीन दिन देखि काम नगरेकोले आफुहरुले आबेदन दिन नपाएको उनीहरुले गुनासाे गरेका छन् | आयोगले अनलाइन आबेदनका लागि असार ३ गते सम्मको समयसीमा तोकेको छ । डबल दस्तुरमा असार ११ गतेसम्म आवेदन दिन आयाेगकाे सूचनामा उल्लेख छ । तर आयोगको बेवसाइटमा तीन दिनदेखि समस्या देखिएपछि उम्मेदवारहरू भने निकै चिन्तित बनेका पाइन्छ ।

हेलाे सरकारमा गुनासाे

प्रावधिक सेवा तर्फ इन्जिनियरिङकाे तयारी गरिरहेका एकजना उम्मेदवारले लाेकसेवाकाे आवेदन भर्ने क्रममा पाएकाे सास्तीबारे हेलाे सरकारलाई आफ्नाे गुनासाे पठाएका छन् । लाेकसेवाले आह्वान गरेकाे विज्ञापनकाे तयारी गर्न हाल काठमाडाैँ बस्दै आएका इन्जिनियरिङ तर्फका उम्मेदवार ताराप्रसाद पाण्डेले अन्लाइन आवेदनका क्रममा लाेकसेवाकाे सर्भरले काम नगरेकाे भन्दै हेलाे सरकार कक्षमा गुनासाे दर्ता गराएका हुन् । लाेकसेवा आयाेगकाे आधिकारिक वेभसाइटले काम नगरेपछि आफूहरूले फर्म भर्न नपाउँदा मर्का पर्ने भएकाले ३ गतेपछि दाेब्बर दस्तुर लाग्ने कुरालाई मध्यनजर गरी यसकाे समाधानार्थ आवश्यक कारवाही हाेस भनि गुनासाे दर्ता गराएका हुन् । उनले हेलाे सकारलाई भनेका छन् “सरकार लोक सेवा आयोगको अनलाइन फारम भर्दा सर्भरले ३ दिन देखि काम नगरेकोले नेपालभरी कयौको संख्यामा परिक्षार्थीहरु मारमा परेकाले र यहि असार ३ गतेदेखि दोब्बर दस्तुर सुरु हुने भएकोले यसका लागि आवस्यक कार्वाही गरिपाउ ।”

हेलो सरकारले पनि जवाफ फर्काएकाे पाइन्छ । उसले जवाफमा भनेकाे छ “दर्ता नम्बर : 06-2019-BLKYJ4 , दर्ता मिति: 2019-06-17 बाट गुनासो तत्काल सुधारको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत लोक सेवा आयोगमा पत्राचार गरिएको छ । धन्यवाद ।”

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ असार २
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ असार २
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ असार २
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ असार २
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ असार २
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ असार २

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार २
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार २

das beste Casino Deutschlands

२०७६ असार २

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार २

Avast Free Review Windows

२०७६ असार २
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.