बझाङमा जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या १० पुग्याे, ५ घाइते

बझाङ : बझाङको मष्टा गाउँपालिकास्थित फलाटे डाँडामा सोमबार भएकाे जीप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १० पुगेको छ । त्यस्तै घाइते हुनेको संख्या ५ पुगेको छ ।

डुम्री बजारबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो। मृत्यु हुनेमा अहिलेसम्म मष्टा गाँउपालिका–१ का कलकबहादुर खड्का र उनका छोराको मृत्यु भएको छ। उनको नाम खुलेको छैन्। यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्धालको मृत्यु भएको वडा प्रहरी कार्यालय चैनपुरका सइ माहानन्द जोशीले बताए।

गम्भिर घाइते मध्ये ठाटीकाँध गाउँपालिका ४ का जीप मालिक ३० वर्षीय लोकेन्द्रबहादुर शाही सोही ठाउँका ३० वर्षीय बमबहादुर शाही ४२ वर्षीय सुरत शाही र जीप चालक २५ वर्षीय भरत विष्टलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रमुख जिलला अधिकारी बास्कोटाले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button