शिक्षक सेवा आयोगले खुलायाे लाइसेन्सको विज्ञापन (पूरा विवरण सहित)

काठमाडौं : शिक्षक सेवा आयोगले लामो समयदेखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ। माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए।

यस पटक बिषयगत आधारममा शिक्षक लाइसेन्सको बिज्ञापन खुलाएको प्रशासकिय अधिकृत थपलियालले थाहालाई बताए। उनले यो पटकदेखि अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था मिलाएको पनि जानकारी गराएका छन्। प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम नलिएकाले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन्। शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था गरिएको थपलियाले बताए।

यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ। सोमबारदेखि लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिने छ। दोब्बर दस्तुर तिरी असार २९ गते सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ। पछिल्लो पटक मावि र निमाविको लाईसेन्स २०७२ सालमा र प्राविको लाईसेन्स २०६८ सालमा खोलिएको थियो।

पूरा विवरण हेर्न यहाँ क्लिक गर्नुस्

सम्बन्धित खवर

Back to top button