बंगलादेश विरूद्ध वेस्टइन्डिज निरिह


एजेन्सी : इंल्याण्डकाे टाउनटनमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतिस्पर्धमा वेस्टइन्डिजले दिएकाे विशाल लक्षयलाई बंगलादेशले सजिलै चियर्स गरि जीत हात पारेकाे छ । बंगलादेशले वेस्टइन्डिजले दिएकाे विशाल लक्ष्यलाइ सजिलै चियर्स गरेकाे छ । वेस्टइन्डिजले ५० ओेभरमा ८ विकेटकाे क्षतिमा ३२१ रण जाेडेकाे थियाे । जवाफी व्यािटङमा उत्रिएकाे बंगलादेशले ४१.३ ओभरमै ३ विकेटकाे क्षतिमा लक्ष्य भेटाएकाे थियाे ।
वेस्टइन्डिजनका लागि सर्वाधिक रन साइ हाेपले बनाएका थिए । उनले १२१ बलमा ९६ रन बनाएका हुन् । इभान लुइसले ६७ बलमा ७० रन बनाएका थिए । सिम्रन हेडमायरले २६ बलमा ५० रन बनाएका थिए । आद्रे रसलले ६ ओभर बलिङ गर्दै ४२ रन खर्चिए १ विकेट लिन सफल भएका थिए । ओसन थाेमसले ६ ओभर बलिङ गर्दै ५२ रन खर्चिएर १ विकेट लिएका थिए ।



बंगलादेशकाे लागि सर्वाधिक रण बनाउनेमा साविक अल हसनले १२४ रनमा अविजित रहे । लिटन दासले ९४ रनमा अविजित रहे । साविक अल हसनले १२४ रन बनाउन ९९ बल खेलेर अविजित रहेका थिए । त्यस्तै लिटन दासले ९४ रन बनाउन ७९ बल खेलेर अविजित रहेका थिए । बंगला देशलाई सफलता दिलाउन मुस्ताफिजुर रहमानले ९ ओेभर बलिङ गर्दै ५९ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै महमद साइफुडिनले १० ओभर वलिङ गर्दै ७२ रन खर्चेर समान ३ विकेट लिएका थिए । साविक अल हसनले ८ ओभर बलिङ गर्दै ५४ रन खर्चेर २ दुई विकेट लिन सफल भएका थिए ।