हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप खस्दा १५ जना वेपत्ता भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए ।
सहायक प्रजिअ पोखरेलले खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको बताएका छन् । उनका अनुसार नदीमा खसेको जीपको खोजी कार्य भइरहेको छ ।
उद्दारका लागि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ । घटनाकाे थप विवरण आउन बाँकी । हिजाे मात्रै बझाङ जीप दुर्घटना भइ १० जनाकाे ज्यान गएकाे थियाे ।