लाेकसेवा आयाेगले थप्याे परिक्षा आवेदनकाे म्याद

काठमाडाैं : लाेक सेवा आयाेगले स्थानीय तहकाे विज्ञापनमा आवेदन दिन पाउने म्याद असार १० गतेसम्म थप गरेकाे छ । आयाेगकाे आधिकारिक वेबसाइटमा समस्या आएपछि लाेकसेवा तयारी गरिरहेका विद्यार्थीहरूले व्यापक विराेध गरेका थिए  । फलस्वरूप आयाेगले आवेदनकाे म्याद थप गरेकाे हाे ।

आयाेगले असार ३ गते अर्थात आजकै दिनसम्म मात्रै आवदेन दिन पाउने समय सीमा ताेकेकाे थियाे । विद्यार्थीकाे चाैतर्फी दबाब र आलाेचनापछि असार १० गतेसम्म आवेदन दिन पाउने गरी सूचना प्रकाशित गरिएकाे छ । यसअघि दाेब्बर दस्तुर तिरेर असार ११ गते सम्म फर्म भर्न पाउने उल्लेख भएकाेमा अब असार १७ गतेसम्म दाेब्बर दस्तुर तिरेर आवेदन दिन पाउनेछन् ।

लोकसेवा आयोगले आवेदन फारम बुझाउने म्याद सात दिन थप गरेको हाे । आयोगले फारम अनलाइनबाटै लिने व्यवस्था मिलाए पनि बिगत तीन दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरु निकै मर्कामा परेका थिए । अब असार १० गतेसम्म नियमित तथा १७ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिने छ । आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ । हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

सम्बन्धित खवर

Back to top button