काठमाडाैं, ३ असार : संसदबाट सम्बाेधन गर्न नपाएपछि प्रधानमन्त्री केपि शर्मा ओलीले सिंहदरबारबाट लाइभ दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा पहिला प्रधानमन्त्री ओली बोल्ने कि प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने विषयमा विवादपछि बैठक स्थगित हुँदा प्रधानमन्त्रीले सिंहदरबारबाट लाइभ दिएका हुन् ।
बहुचर्चित गुठी विधेयक र आफ्नो युरोप भ्रमणलगायत विषयमा संसदबाट सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी लाइभ दिएका हुन्। यसअघि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषयमा गर्ने भनिएको सम्बोधन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण रोकिएको थियो।