सुख, शान्ति र समृद्धि प्राप्त गर्न यी पॉच कर्म गर्नुहाेस्

एजेन्सी : आज वि.सं. २०७६ साल जेठ ३ गते मंगलबारको दिन । शास्त्रकाे मान्यता अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ। यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ। संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ। मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ।

मंगलबार अवश्य यस्ता काम गर्नुहोस्ः

मंगलबार अवश्य राम मन्दिर जानुहोस् । मंगलबार हनुमानजीको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ। एउटा धागोमा खुर्सानी माथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस्। यसले नकरात्मक कामहरुलाई समाप्त पार्ने गर्छ।

मंगलबार बेलुका हनुमान जीलाई गुलाब चढाउनुहोस्। यसले जीवनमा रहेका समस्या समाधान गर्छ। मंगलबार जहिले पनि रामस्तोत्र पढ्ने गर्नुहोस् जसले गर्दा शुभ कामको थालनी गर्दा फलदायी हुने वातावरण निर्माण गर्छ।

शुद्ध ध्यु वा तेलको बत्ती बाल्नुहोस् र मात्रै हनुमान चालिसा पढ्नुहोस्। यसले तपाईको मनकामना पुर्ण गर्ने विश्वास मानिन्छ। मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस्। जो सुत्दा डराउने बच्चा छन् त्यस्तो समस्या समाधान हुन्छ।

सम्बन्धित खवर

Back to top button