satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अफगानिस्तान विरूद्ध इंग्ल्याण्डकाे सानदार जीत, खेलाडीले बनाए नयाँ-नयाँ रेकर्ड

सत्कार पोष्ट सत्कार पोष्ट
मा प्रकाशित
600
अफगानिस्तान विरूद्ध इंग्ल्याण्डकाे सानदार जीत, खेलाडीले बनाए नयाँ-नयाँ रेकर्ड

एजेन्सी : विश्वकप क्रिकेटकाे खेलमा अफगानिस्तान विरूद्ध इंग्ल्याण्डले सानदार जीत हात पारेकाे छ । इंग्ल्याण्डमा जारि आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत २४ औं खेलमा आयोजक इंग्ल्याण्डले अफगानिस्तानलाई १५० रनले पराजित गरी सानदार जीत हात पारेकाे हाे । ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ५० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो।

जित सहित ५ खेलमा ४ जित र १ हार बेहोरेको इंग्ल्याण्ड प्रतियोगिताको अंकतालिकामा शिर्षस्थानमा उक्लेको छ। अफगानिस्तान भने सबै पांच खेल हार्दै पुछारमा रहेको छ। समान ८ अंक रहे पनि अस्ट्रेलिया नेट-रन रेटमा पछि रहँदै दोश्रो, ७ अंकका साथ न्युजिल्याण्ड तेश्रो र ७ अंक सहित भारत चौथो स्थानमा रहेको छ। इंग्ल्याण्डले दक्षिण अफ्रीका, बंगलादेश र वेस्ट इन्डिजलाई पराजित गर्दा पाकिस्तानसंग हार बेहोरेको थियो। अफगानिस्तानले भने यस अघि अस्ट्रेलिया, श्रीलंका, न्युजिल्याण्ड, दक्षिण अफ्रीकासंग हार बेहोरेको थियो।

विशाल लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको लागि हश्मतुल्लाह शाहिदीले सर्वाधिक ७६ रन बनाए जुन क्रममा १०० बलमा ५ चौका र २ छक्का प्रहार गरे। रहमत शाहले ४६, अस्घर अफ्घानले ४४, गुल्बदीन नैबले ३७ रन बनाए। तेश्रो विकेटको लागि शाहिदी र अफ्घानले ९४ रनको साझेदारी गरेका थिए। इंग्ल्याण्ड बलर आदील रशिद ( १०-०-६६-३ ) र जोफ्रा आर्चर ( १०-१-५२-३ ) ले ३/३ विकेट तथा मार्क वुडले २ विकेट ( १०-१-४०-२ ) लिए।

मोर्गनको विशाल इनिंग

यस अघि ओल्ड ट्रयाफर्ड मैदानमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको विशाल योगफल तयार गरेको छ। इंग्ल्याण्डको लागि कप्तान ओएन मोर्गनले विस्फोटक इनिंग खेल्दै १४८ रन बनाए। उनले मात्र ७१ बलमा ४ चौका र १७ छक्का प्रहार गरे। यस्तै जोनी बेयरस्टोले ९० ( ९९ बलमा ८ चौका र ३ छक्का ) तथा जोय रुटले ८८ ( ८२ बलमा ५ चौका र १ छक्का ) प्रहार गरे। मोइन अलिले ३१ ( ९ बलमा ४ छक्का र १ चौका ) रन बनाए। बेयरस्टो र रुटले दोश्रो विकेटको लागि १२० रनको तथा रुट र मोर्गनले तेश्रो विकेटको लागि १८९ रनको साझेदारी गरेका थिए। अफगानिस्तानको बलिंगमा कप्तान गुल्बदीन नैब ( १०-०-६८-३ ) र दौलत जद्रान ( १०-०-८५-३ ) ले ३/३ विकेट लिए।

राशिद इतिहासकै महँगो

निकै महँगो सावित हुने क्रममा राशिद खानले ९ ओभर बलिंग गर्दै ११० रन खर्चिए। विश्वकपमा कुनै पनि बलरको यो सबैभन्दा महाग्नो स्पेल हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासको यो इतिहासकै दोश्रो महँगो स्पेल हो। सन् २००६ मा मिचेल लुइसले दक्षिण अफ्रीका बिरुद्ध १० ओभरमा ११३ रन खर्चिएका थिए। वाहब रियाजले १० ओभरमा इंग्ल्याण्ड बिरुद्ध २०१६ मा पनि १० ओभरमा ११० रन खर्चिएका थिए।

सर्वाधिक छक्काको रेकर्ड

इंग्ल्याण्डको इनिंगमा कुल २५ छक्का प्रहार भएको थियो। एकै इनिंगमा कुनै पनि टिमले प्रहार गरेको यो सबैभन्दा धेरै छक्का हो। यस अघि इंग्ल्याण्डलेनै वेस्ट इन्डिज बिरुद्ध यसै वर्ष २४ छक्का प्रहार गर्दै रेकर्ड बनाएको थियो। विश्वकप क्रिकेट इतिहासमा समेत कुनै पनि टिमको यो सर्वाधिक छक्का हो। यस अघि सन् २०१५ विश्वकपमा वेस्ट इन्डिजले जिम्बाबे बिरुद्ध १९ छक्का प्रहार गरेको थियो।

धेरै छक्का हान्ने ब्याट्सम्यान

मोर्गनले १४८ रन बनाउने क्रममा १७ छक्का प्रहार गर्दै एकै इनिंगमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यान बनेका छन्। भारतका रोहित शर्माले अस्ट्रेलिया बिरुद्ध २०१३ मा दोहोरो शतक बनाउने क्रममा १६ छक्का प्रहार गरेका थिए। एबि डी भिल्लियर्सले पनि र क्रिस गेलले पनि १६ वटा छक्का २०१५ मा प्रहार गरेका थिए। इंग्ल्याण्डको लागि भने यस अघि जोस बटलरले यसै वर्ष वेस्ट इन्डिज बिरुद्ध सर्वाधिक १२ छक्का हिर्काएका थिए। यस्तै विश्वकप क्रिकेट इतिहासमा एकै खेलमा सबैभन्दा धेरै छक्का हान्ने किर्तिमान मोर्गनले बनाएका छन्। क्रिस गेलले २०१५ मा जिम्बाबे बिरुद्ध १६ छक्का प्रहार गरेका थिए।

छिटो शतक

मोर्गनले ५७ बलमा शतक बनाएका थिए जुन विश्वकप इतिहासकै चौथो छिटो शतक हो । केभिन ओ ब्रायनले सन् २०११ मा इंग्ल्याण्ड बिरुद्ध ५० बलमा शतक बनाएका थिए।

ठुलो साझेदारी

मोर्गन र रुटले गरेको १८९ रनको साझेदारी इंग्ल्याण्डको लागि विश्वकपमा कुनै पनि विकेटको रुपमा सबैभन्दा ठुलो साझेदारी हो। सन् १९७५ मा क फ्लेचार र डी एमिसले भारत बिरुद्ध १७६ रनको साझेदारी गरेका थिए जुन रेकर्ड बल्ल टुटेको हो। सन् २०१५ विश्वकपमा मोइन अलि र इयान बेलले १७२ रनको साझेदारी स्कटल्याण्ड बिरुद्ध गरेका थिए।

विश्वकपमा इंग्ल्याण्डको सबैभन्दा ठुलो योगफल

विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बनाएको यो सबैभन्दा ठुलो योगफल हो। यसै विश्वकपमा उसले बंगलादेश बिरुद्ध ३८६ रन बनाएको थियो। अफगानिस्तान बिरुद्ध सन् २०१५ विश्वकपमा अस्ट्रेलियाले ४१७ रन बनाएर सबैभन्दा ठुलो विश्वकपको योगफल बनाएको थियो। यस्तै भारतले बर्मुडा बिरुद्ध २००७ मा ४१३ रन, दक्षिण अफ्रीकाले आएरल्याण्ड बिरुद्ध २०१५ मा ४११ रन, दक्षिण अफ्रीकाले वेस्ट इन्डिज बिरुद्ध २०१५ मा ४०८ रन तथा श्रीलंकाले केन्या बिरुद्ध १९९६ मा ३९८ रन बनाएको थियो।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by सत्कार पोष्ट
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

अग्निपथको विरोधमा भारत बन्द

अग्निपथको विरोधमा भारत बन्द

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

das beste Casino Deutschlands

Erfahrungen Von Der Besten Spielhalle!

Avast Free Review Windows

satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.