क्रिकेटमा बन्याे नयाँ किर्तीमान

एजेन्सी : कहिलेकाही असम्भव कुरा सम्भव हुन्छ त्यही कुरालाई किर्तीमानकाे रूपमा लिने गरिन्छ । तर यस्ताे किर्तिमान बन्याे जसलाई कायम गर्न खासै मेहनत गर्नु परेन । यो असम्भव कुरा पनि थिएन । यस्ताे रेकर्ड चाहेमा जसले पनि बनाउन सक्छ । त्याे हाे क्रिकेट खेलमा सबैभन्दा कम रनमा समेटिनु ।

रुवाण्डाको राजधानी किगलीमा जारी क्वीबुका महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अनौठो रेकर्ड बनेको छ । घरेलु टोलीविरुद्ध ब्याटिङ गरेको मालीको महिला क्रिकेट टोलीले जम्मा ६ रनमा समेटिए पछि महिला क्रिकेटमा यो नै न्युन स्कोरको रेकर्ड बनेको छ।

यस अघि यो रेकर्ड चीनको नाममा थियो। थाइल्याण्डमा गत बर्ष सम्पन्न टि टवान्टी स्म्यास महिला क्रिकेटमा चीन १४ रनमा अलआउट भएको थियो। युएईले दिएको २ सय ४ रनको लक्ष्य पच्छयाएको चीन १४ रनमै समेटिएको थियो।

सम्बन्धित खवर

Back to top button