राेकिएन गुठी विधेयक विरूद्धकाे आन्दाेलन

काठमाडौं, ४ असार : गुठी विधेयकले अन्याय गरेकाे भन्दै राजधानीमा जनलहर उर्लिएकाे छ । हिजाे मात्रै सरकारले संसदमा प्रस्तुत गरिएको गुठी विधेयक फिर्ता लिने घोषणा गरिसकेकाे भएपनि सरकारलाई नै चक्मा दिने गरि विराेधमा जनलहर उत्रिएकाे हाे । यस अघि गरेकाे विराेधलाई सरकारले तथानामकाे संज्ञा दिएपछि काठमाडौंका नेवार समुदायले माइतीघर मणडलमा गुठी विधेयक विरूद्ध जनलहर उतारेका हुन् । उनीहरूले जतिबेला पनि जालझेल हुनसक्ने भन्दै खबरदारी स्वरूप प्रदर्शन गरेका हुन् ।

गुठी विधेयक प्रतिरोध समितिले यसअघि नै माइतीघर मण्डलामा विधेयकको प्रतिरोधका लागि प्रदर्शन गर्ने घोषणा गरेको थियो। उपत्यकाका विभिन्न स्थानबाट गुठी विधेयकको विरोधमा प्रदर्शनकारीहरूले खबरदारी गरिरहेका छन् । माइतीघर मण्डलादेखि थापाथली चोकसम्म र सिंहदरबार पश्चिम गेटदेखि माइतीघर हुँदै भद्रकाली पेट्रोलपम्पसम्म हजारौं संख्यामा पदर्शनकारीहरू जम्मा भएका छन्। प्रतिरोध कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले विधेयक फिर्ता लिनु सकारात्मक भए पनि ’प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रयोग गरेको भाषालाई सहज र मर्यादित रुपमा लिन नसकिएकाले’ विरोध कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए । प्रेस विज्ञप्तीमार्फत संयोजक श्रेष्ठले ’विधेयकमा भएको त्रुटिलाई सरकारले स्पष्ट भाषामा स्विकार नगरेकाले निरन्तर खबरदारी आवश्यक रहेको’ बताएका छन् ।

आन्दाेलनले ट्राफिक जाम

गुठी विधेयकको विरोधमा गुठीयारहरुले गरेको प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । आन्दोलनकारीहरु सहरका विभिन्न स्थानबाट जुलुससहित माइतीघर केन्द्रीत हुँदा यातायात प्रभावित भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माईतीघर मण्डलमा गुठी विधेकको विषयलाई लिएर भइरहेको कार्यक्रमका कारण उक्त स्थान हुँदै गुडने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको छ । महाशाखाका अनुसार सिंहदरबार पूर्वीगेटबाट आउने सवारी साधनलाई नयाँ बानेश्वर तर्फ पठाईएको छ भने कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करीडोको बाटो पठाइएको छ ।

यस्तै त्रिपुरेश्वरबाट आउने सवारी साधनलाई कालीमाटीतर्फ पठाईएको छ भने नयाँ बानेश्वरबाट आउने सवारी साधनलाई शंखमुलतर्फ पठाईएको छ । यसैगरी पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पदमोदयमोडबाट डाईभर्सन गरिएको छ ।भद्रकालीबाट आउने सवारी साधनलाई त्रिपुरेश्वरतर्फ पठाईएको छ भने पुतलीसडक, सिंहदरबार हुँदै चल्ने सवारी साधनलाई न्यु प्लाजाबाट अनाम नगर थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ ।

सम्बन्धित खवर

Back to top button