महिलामाथि अश्लिल शब्द प्रयाेग गरेपछि मेयर द्वारिकलाल पुनः विवादित – भिडियाे
इटहरी, ५ असार : सामाजिक विकृतिविरुद्धको अभियान कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बारम्बार रण्डी जिन्दावादको नारा लगाएका छन् । इटहरी–१६ लबिपुरमा आयोजना गरिएको कार्यक्रममा उनले बारम्बार रण्डी जिन्दावाद भन्दै नारा लगाएका हुन् । इटहरीमा पछिल्लो समय वेश्यवृत्ति बढ्दै गएको भन्दै सचेतना जगाउन आयोजना गरिएको कार्यक्रममा उनले उक्त नारा लगाएका हुन् । वडा नम्बर १६ र १७ को नागरिक समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा बढ्दो वेश्यावृत्ति रोक्न दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम अयोजना गरिएको थियो ।
केही दिन अघि सोही स्थानमा रहेको एक होटलमा स्कुल ड्रेसमा रहेकी १४ वर्षीया किशोरी यौनकर्मीको रूपमा भेटिएपछि यस्तो गतिविधि रोक्न पहल गरिएको स्थानीयको भनाइ थियो । आफ्नै घरमा होटल सञ्चालन भइरहेको कुराबाट उनले भाषणको शुरुवात गरे । पहिला केही केटाहरूलाई भाडामा दिएको घर व्यवस्थित गर्न अहिले होटललाई भाडामा दिएको उनले बताए । तर आफ्नो घरमा त्यस्तो अवाञ्छित गतिविधि भएको थाहा पाएपछि होटलको बोर्ड नै फ्याँकिदिएको उनको भनाइ छ । भाडामा बसिसकेको मान्छेलाई निकाल्नै गाह्रो भएकाले अहिले पनि होटल नै चलिरहेको उनले प्रष्ट्याए ।
‘इटहरी लबिपुर चोकलाई म भन्छु र*डी जिन्दावाद,’ उनले भने, ‘यहाँ र*डीको कारण कस्मेटिक पसल चल्दोरै’छ क्या ! घरभाडा पनि चल्दो रै’छ । दबाई दोकान पनि चल्दो रै’छ । मनोरन्जन गर्न र*डी चाइया छ । घरभाडा लगाउन रण्डी चाइया छ । कण्डम बेच्न र*डी चाइया छ । पिल्स बेच्न र*डी चाइया छ । र*डी जिन्दावाद !’ सोही कारण यो ठाउँमा मात्र नभई देशभर इटहरी बदनाम भएको उनले बताए । लबिपुर चोकमा वेश्यावृत्तिकै कारण अन्य विभिन्न पसल पनि सञ्चालन भएको तर कसैले केही नभनेको उनले बताए । बारम्बार रण्डी शब्दलाई उच्चारण गर्दै जिन्दावाद भनेका मेयरले आफू खासै भाषण गर्न नजान्ने भन्दै मन्तव्य अन्त्य गरे । शुरुदेखि नै हतारमा देखिएका मेयर केही क्षण पनि नबसी आफ्नो भनाइ राख्नासाथ कार्यक्रमस्थलबाट बाहिरिए ।
बाहिरिने क्रममा केही महिलासमक्ष समेत उनले ‘र*डी जिन्दावाद’ भनेका थिए । आफूहरू बसिरहेको अवस्थामा मेयर चौधरीलेर*डी जिन्दावाद भन्दै जिस्क्याएको एक महिलाले बताइन् । मेयरको यो अशोभनीय भाषण सुनेर आफूहरू लज्जित भएको उनले सुनाइन् । ‘ठूलो मान्छेले जे भन्दा पनि हुन्छ ? कानुन छैन ?’, उनले भनिन्, ‘हामी ३ जना बसिरहेका थियौ । र*डी जिन्दावाद भन्दै जानुभयो ।’ उनी बोल्दै गर्दा अर्की महिलाले थपिन्, ‘उसकै घरमा र*डी पालेको छ त त्यसो नभने के भनोस् त ।’
हेर्नुस भिडियाे