विकास निर्माण छाेडेर फिल्म खेल्दै गाउँ प्रमुख

डाेटी : डोटीको जोरायल गाँउपालिकाले आफ्नो विकास बजेटबाट फिल्म निर्माणमा खर्च गर्ने भएको छ । न्युज २४ टेलिभिजनका अनुसार विकास निर्माणकाे कार्य छाेडेर फिल्मतिर गाउँपालिका अध्यक्ष लागेकाे पाइएकाे छ ।

कार्यपालिकाको बैठकले अभिनेता विराज भट्टले निर्माण गर्न लागेका फिल्म ‘साङ्लो’का लागि १० लाख छुट्याएको छ । गाँउमै सुटिङ हुन लागेकाले पर्यटन प्रर्वद्धन हुने भन्दै गाँउपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको तर्क छ ।

तर, स्थानीयले भने विकासका काम छाडेर आफ्नो फिल्म खेल्ने रहर पूरा गर्न फिल्मलाई १० लाख दिएको आरोप लगाइरहेका छन् ।

सम्बन्धित खवर

Back to top button