पर्यटक बस कारसँग ठाेक्किदा १ को मृत्यु, ४ घाइते


चितवन : नारायणगढ मुग्लिन सडकमा पर्यटक बसले कारलाई ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाका ४८ वर्षीय होमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बा १ प ५०५ नम्बरको पर्यटक बसले ग १ च ७३०८ नम्बरको कारलाई भरतपुर महानगरपालिका २९ रिग्दी खोलामा अपरान्ह ४ बजे ठक्कर दिँदा ५ जना घाइते भएका थिए। उनीहरूमध्ये थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य ४ जना मध्ये २ जनाको चितवन मेडिकल कलेजमा, १ जनाको भरतपुर अस्पतालमा र एक जनाको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्यांकरमा कार ठोक्किँदा ४ जना घाइते यस्तै नारायणगढ मुग्लिन सडकको भरतपुर २९ केराबारी खण्डमा ट्यांकरमा कार ठोक्किँदा ४ जना घाइते भएका छन।



ग १ च ९७०० नम्बरको कार सडक छेउमा कोल्टिएको ना १ क ५४२७ नम्बरको पानी ट्यांकरमा ठोक्कीदा कारमा सवार उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साँझ ५ः२० बजेको समयमा भएको सो दुर्घट्नामा परी घाइते भएकामध्ये २ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको अवस्था सामान्य रहेको छ। घाइते सवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।