जिप दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

पर्वत : जिल्लाको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा आइतबार साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जिप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते चार जनामध्ये दुईलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुईको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनामा पर्ने सबै राष्ट्रिय वाणिज्य बैंकको लुंखु शाखामा काम सकेर फर्किदै गरेका बताइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button