रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगिन् नायिका रेखा थापा
काठमाडाैं : अभिनेत्री रेखा थापाले वीर अस्पतालमा उपचारत रेशम चौधरीलाई भेटेकी छन् । मंगरबार अपरान्ह नायिका एवं छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियानकी अभियन्ता वीर अस्पतालको क्याविन नम्वरं ५ मा उपचाररत राजपाका नेता एवं निलम्बित सांसद चौधरीलाई नायिका थापाले भेटेकी हुन् । भेटमा थापा र चौधरीले राजनीतिकसँगै कलाकारिताको बारेमा छोटो कुराकानी गरेको बताइन् ।
चौधरीले जेल भोगाइका क्रममा टिकापुरको घटनालाई लिएर लेखेको पुस्तक ‘टिकापुर घटनाको चिरफार’ नायिका थापालाई प्रदान गरेका थिए । ‘नेपालको परिवर्तनको दौरानमा केही क्षती र केही उपब्धि भएका छन् । रेशम दाइमाथिको मुद्धा अदालतले छिनोफानो गरिसकेको छ । हामी कानूनी राज्यको नागरिक भएका नाताले यसलाई सम्मान गर्छौं । तर, दबिएका, दबाइएका र पछाडि पारिएको समुदाय र वर्गको बारेमा निरन्तर आवाज मुखरित गर्ने उहाँ जस्ता व्यक्तिहरूमाथि राज्यले हेर्ने नजर फराकिलो नभएको पक्का हो’ उक्त भेटपछि रेखाले भनिन् ।
पछिल्लो पटक फिल्म ‘मालिका’ निर्माण, निर्देशन तथा उक्त फिल्ममा अभिनय गरेकी रेखा थापा बेलाबेला राजनीतिक रुपमा चर्चा आउने गर्दछिन् । नेपाली श्रमिकको सामान इएरपोर्टमा रोकिएको र एनसेलको कर छली काण्डमा आवाज उठाएकी रेखा राजनीतिक रुपमा भने तटस्थ देखिएकी छिन् । उनी तत्कालिन ए.नेकपा माओवादीपछि राप्रपामा प्रवेश गरेकी थिइन् । राप्रपा विभाजन हुँदा रेखा पशुपति शम्शेरतिर लागिन् ।