संसारलाई स्तब्ध बनाउने तस्बीर

एजेन्सी : सामाजिक सञ्जालमा एउटा यस्तो तस्बिर भाइरल भइरहेको छ जसलाई हेर्दा जो कसैको आँखाबाट आँसु थामिदैनन् । अमेरिका र मेक्सिकोको सीमामा रहेको रियो दि ग्रान्डे नदीमा एक जना मृत पिताको पिठ्युमा मृत छोरीको तस्बिर भाइरल भइरहेको छ । मिडिया रिपोर्टका अनुसार मृतक बाबु अलबर्टो मार्टिनेज र उनकी छोरी एन्जी भ्यालेरिया हुन् । मृतक दुवै आप्रबासी साल्भाडोरका रहेको प्रहरीले जनाएको छ । मेक्सिकोका पत्रकार जुलिया लि डुसले मृतक बाबु र छोरीको तस्बिर खिचेर सार्वजनिक गरेका हुन्।

अमेरिका छिर्ने सपना देखेका हजारौँ आप्रवासीहरु मेक्सिको हुँदै आउने गर्छन् । यस दौरान कैयौँ आप्रबासीले ज्यान गुमाउने गरेका छन् । डरलाग्दो बाटो जहाँ कतिपय सर्पले टोकेर मर्छ त कतिपय पानीमा डुबेर मर्ने गरेको रिपोर्ट बेलाबेलामा आउने गरेका छन् । मेक्सिकोको सीमा हुँदै लुकेर अमेरिका जानमध्येका यी बाबु छोरीले पनि मृत्युवरण गरे ।

उनीहरुको शवलाई टेक्सास नजिकै नदीको छेउमा फेला पारिएको थियो । छोरी भ्यालेरियाको उमेर २ वर्ष भएको बताइएको छ । केही वर्ष अगाडि एक ३ वर्षीया बालक एल्यान कुर्डीको शव टर्कीको सामुन्द्रिक तट नजिकै फेला पारेको थियो । जसले अन्तराष्ट्रिय राजनीतिमा आप्रबासीमाथि गरिने व्यवहारलाई लिएर ठुलो प्रश्न खडा गरेको थियो ।

यो तस्बिरले पुनः आप्रबासीहरुमाथि गरिने व्यवहारबारे बहस उठाउने अनुमान गरिएको छ ।

सम्बन्धित खवर

Back to top button