काठमाडौं : पत्रकार संगीत श्रोता ( यम क्षेत्री) आज अपरान्ह गिरफ्तार परेका छन् ।काठमाडौं प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस अगाडीबाट पत्रकार श्रोत गिरफ्तार परेका थिए ।
गिरफ्तार पछि सुरुमा उनलाई प्रदर्शनी मार्गस्थित पुलिस क्लब हुँदै महानगरीय प्रहरी बृत्त सिंहदरबार पुर्याएर गिरफ्तार मुक्त गरिएको थियो । पत्रकार संगीत श्रोता नयाँ पत्रीका कर्मी हुन् ।
पत्रकार संगीत श्रोता गिरफ्तारपछि उनलाई झुक्किएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई केहिबेर मै छोडिएको बताइएको छ ।
महानगरीय प्रहरीपरीसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विप्ल्व नेकपा निकट ठाकुरप्रसाद तिमिल्सिना ‘रसुवाली कवि’लाई पक्राउ गर्न गएको टोलीले मिस कम्युनिकेसन भएर पत्रकार श्रोता पक्राउ परेको र पत्रकार भएको पहिचान खुल्न बित्तिकै छाडिसकेको जानकारी दिएका छन् ।