जे माग्याे त्यहीँ पूरा हुन्छ ! पाथिभरा माताकाे दर्शन गरी शेयर गराैं !!
ताप्लेजुङ : प्रसिद्ध पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको फुङलिङ बजारदेखि करिब १७ किलोमिटर उत्तरपूर्वमा पर्दछ । यो मन्दिर १२,४४६ फिटको उचाइमा एउटा डाँडामाथि अवस्थित छ । यी देवी पाथीमा अन्न भरिएभैंm देखिने एउटा डाँडाको टुप्पामा रहेकी हुनाले यिनको नाम पाथिभरा राखिएको हो । ताप्लेजुङको सुकेटार विमानस्थलबाट देउराली, भालुगौंडा र फेदी हुँदै पैदल ८–९ घण्टामा देवीको मन्दिरस्थलमा पुग्न सकिन्छ । सुकेटारसम्म पुग्नका लागि भने विराटनगर र काठमाडौंबाट हवाईसेवा तथा झापाको चारआलीदेखि सडक यातायातको सुविधा पनि छ । त्यो बाटो करिब २३५ किलोमिटर पर्दछ । पाथिभरा देवीको उत्पत्ति कसरी र कहिले भयो भन्ने कुरा स्पष्ट छैन ।
यससम्बन्धी एउटा किंवदन्ती अनुसार, परापूर्वकालमा केही मानिसहरू त्यस भेगमा भेडीगोठ राख्ने र भेडाहरू त्यसै भेगमा चराउने गर्दा रहेछन् । त्यसै बेला गोठका भेडाहरू एकाएक हराउने गरेकाले तिनीहरूले आप्mना हराएका भेडा पाइऊन् भन्ने कामनाका साथ पाथिभरा देवीको स्तुति र भाकल गरेछन् । त्यसपछि हराएका भेडाहरू एकाएक भेटिन थालेकाले गोठालाहरूले पाथिभरा देवीको नियमित रूपमा स्तुति गर्न लागेछन् । भेडाहरू हराएका बेला एक दिन पाथिभरा देवीले सपनामा दर्शन दिएर एउटा ठाउँमा पूजा गर्नू भन्ने आदेश दिइछन् । गाउँलेहरूले सोही बमोजिम गरेपछि भेडाहरू फिर्ता आएछन् । पाथिभरा देवीको मन्दिरमा बाघमाथि चढेकी भगवतीको मूर्तिका साथै पुरानो मूर्ति पनि स्थापित छ । जतिसुकै बलि चढाए पनि यस मन्दिरमा रगत नदेखिने जनविश्वास छ ।
यी देवीलाई भक्तहरूले चिताएको कुरा पुर्याउने देवीका रूपमा लिने गरिन्छ । बोका, हाँस, परेवा र कुखुराको बलि दिएर यिनको पूजाआजा गर्ने चलन छ । यस भेगमा उँधौली र उँभौलीका अवसरमा मेला लाग्ने चलन रहे पनि हाल आएर सालैभरजसो तीर्थयात्रीहरूको घुइँचो भई नै रहन्छ । करिब ४ घण्टा वरैदेखि नै दर्शनार्थीहरूले भेटी चढाउने गर्दछन्, तर त्यो पैसा कसैले टिप्दैनन् । चिसो हावापानी र सुन्दर प्राकृतिक दृश्यका कारण पनि सालिन्दा श्रद्धालुहरू पाथिभरा देवीको दर्शन गर्न र प्राकृतिक सुन्दरतामा रम्नका लागि यहाँ पुग्ने गर्दछन् ।