प्रतिभा भुर्तेललाई हार्दिक बधाई ! सर्वाेत्कृष्ट (4.00) जीपिए ल्याइन्

समता स्कुल कावासाेतिमा अध्ययनरत छात्रा प्रतिभा भुर्तेलले सर्वाेत्कृष्ट (4.00) जीपिए ल्याउन सफल भएकी छिन् । उनले यसरी पूर्ण जीपिए ल्याएपछि समता स्कुलका संस्थापक उत्तम सञ्जेलले आफ्नाे फेसबुक वालमा खुसी बाँडेका छन् ।

उनकाे वालकाे स्ट्याटस जस्ताकाे त्यस्तै यस्ताे छ- म यो खुशी कसरि ब्यक्त गरूँ प्रतिभा भुर्तेल नानि । एस् ई ई बोर्ड मारफत जि पि ए 4•00 हासिल गरी देशभर ख्याति कमाउन सफल तिमीलाई धेरै धेरै बधाई । समता स्कूल कावासोती, नवलपुरको इज्जत र शान आज धेरै माथि पुर्याउने कर्म गरेऊ । तिमीलाई सम्पुर्ण समता स्कुल तथा सम्पूर्ण शुभचिन्तकहरूको मुरी मुरी बधाई । समता स्कूल परिवार नेपाल ,भारत ,शृलंका, वड़्लादेश, बर्मा तिमी प्रति गर्व महसुस गर्दछौँ ।

हामी पनि उनलाई हार्दिक बधाई तथा उत्तराेत्तर प्रगतिकाे शुभकामना व्यक्त गर्दछाैं ।

सम्बन्धित खवर

Back to top button