भारत विरूद्धकाे खेलमा वेस्टइन्डिजकाे लज्जास्पद हारः तियोगिताबाटै बाहिरियाे

म्यानचेस्टर : विश्वकप क्रिकेटको ३४ औँ भिडन्तमा भारतले वेस्टइन्डिजविरूद्ध १२५ रनको फराकिलो जित दर्ता गरेको छ । म्यानचेस्टरको ओल्ड टाफर्डमा भएको खेलमा भारत विरूद्धकाे खेलमा वेस्टइन्डिजले लज्जास्पद हार ब्यहाेरेकाे हाे । भारतकाे याे सबैभन्दा फराकिलो जित हो । भारतले पछिल्लो पटक सन् २०११ मा वेस्टइन्डिजलाई ८० रनले हराएको थियो।

यस जीतका साथ भारतले ६ खेलबाट ११ अंक जोडेको छ। अंक तालिकामा भारत तेस्रो स्थानमा छ। भारतलले अब घरेलु टोली इङ्ल्यान्डविरूद्ध ३० जुनमा बर्मिङ्घममा खेल्नेछ। यअसघि टस जितेर पहिले ब्याटिङ गरेको भारले ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन जोडेको थियो।

बिहीबार पनि विराट कोहली चम्किए। उनले भारतका लागि सर्वाधिक ७२ रन बनाए। महेन्द्र सिंह धोनी ५६ रन बनाएर नटआउट रहे। लोकेश राहुलले ४८ र हार्दिक पन्ड्याले ४६ रन बनाए। वेस्टइन्डिजविरूद्ध भारतका केमार रोचल ३ विकेट झारे। जवाफमा उत्रिएको वेस्टइन्डिजको टिम ३४.२ ओभरमा १४३ रनमै अलआउट हुन पुग्यो। उसका लागि सुनिल अम्बरिसले सबैभन्दा धेरै ३१ रन बनाए। यो हारसँगै वेस्टइन्डििज प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित खवर

Back to top button