देउवालाई गुहार्न पुगे प्रचण्ड: के संकट आइलाग्यो?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई गुहार्न पुगेका छन् ।

बालुवाटारमा केपी ओली सरकारको मन्त्रिपरिषद्को बैठक जारी रहेको बेला नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको छ । राजधानी काठमाडौंको समिट होटलमा प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने विषयमा छलफल हुनुका साथै अन्य समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ । विदेशी राजदूतहरूले द्वन्द्वकालीन घटनाले प्रचण्डलाई अप्ठ्यारो पर्ने बताइरहेका बेला प्रचण्ड सभापति देउवालाई गुहार्न पुगेका हुन् ।

सत्तापक्ष र प्रतिपक्षीबीच दूरी बढ्दै गएको बेला दुई नेताबीचको भेटलाई महत्वपूर्ण मानिएको छ । ओलीले समेत आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा चलेको छ ।पछिल्लो समय ओलीसँग प्रचण्ड असन्तुष्ट रहेका बेला सभापति देउवासँग भेटवार्ता भएको छ । मिडिया डबलीबाट ।

सम्बन्धित खवर

Back to top button