काठमाडौं, १३ असार : दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत जेठ महिनामा लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो । परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ ल्याउने पास भएका छन् ।
कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ जना परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ जना भाषा परीक्षामा सहभागी भएका थिए । आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो । परीक्षाको नतिजा थाहा उनका लागि तपाईंको जन्ममिति तथा पार्सपोर्ट नम्बर आवश्यक पर्छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
https://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en