एउटा प्रेरणादायी पात्र ! बुढेसकालमा गरिन एसईई पास


काठमाडाैं : बुढेसकालमा एसईई पास गरेर तरूना तन्नेरीहरूका लागि प्रेरणादायी पात्र बनेकी छिन् युगमाया कार्की । लगनशिलता र दृढ इच्छाशक्ति सफलता हात पार्न सकिन्छ भन्ने कुरा ओखलढुङ्गाको लिखु गाउँपालिका–६ की कार्कीको सफलतालाई हेरे पुग्छ । युगमायाले बिहीबार सार्वजनिक भएको एसईई नतिजामा १.५ जीपीए ल्याउँदै डी ग्रेडमा उत्तीण भएकी छन् । उत्प्रेरणा महिला माविमा अध्ययन गरेकी उनले सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौंमा परीक्षा दिएकी थिइन् । पढ्ने उमेर घरायसी कामकाजमै घर्किए पनि उनले आफूभित्रको पढ्ने धोकोलाई त्यतिकै थन्काइनन् । बरु प्रौढ उमेरमा पनि पढ्न सकिन्छ भन्दै आँट गरिन् जसका कारण अहिले उनी सफल समेत भइन् । उनले भर्खरका युवायुवतीहरूलाई गरे के हुँदैन भन्ने शिक्षा समेत दिएकी छिन् ।
प्रमुख समाचार



उपत्यकामा श्रृङखलाबद्ध महिलामाथि सिरिञ्ज आक्रमण ! के गर्दैछ प्रहरी ? –काठमाडौं । उपत्यकामा श्रृङखलाबद्ध महिलामाथि सिरिञ्ज आक्रमणका घटना भएको आशंका गरिएको छ । रातको समयमा मोटरसाइकलमा सवार व्यक्तिले हिँडिरहेका महिलामाथि धारिलो हतियार, किल्ला वा सियो जस्तो बस्तुले घोचेको भन्दै ४ जना महिलाले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । त्यस्तै अन्य नौ जना महिलाले आक्रमणपछि शुक्रराज ट्रोपिकल अस्पतालमा परीक्षण गराउन पुगेका छन् । जेठ १८ गते घरबाट कुकुर डुलाउन बाहिर निस्किरहेको बेला राति १० बजे मोटरसाइकलमा आएको व्यक्तिले तिखो वस्तुले यी महिलाको कम्मरमा प्रहार ग¥यो र भाग्यो ।
छ बर्षसम्म स्कुलको भवन बनेन, पानी पर्दा कक्षाकोठामै छाता ओढ्न बाध्य छन् विद्यार्थी ! –दैलेख । छानोबाट पानी चुहिरहेको कक्षा कोठा–रेनकोट लगाएर पढाउँदै गरेका शिक्षक, अनि छाता ओढेर पढ्न बाध्य बिद्यार्थी । यो दृश्य दैलेखको गुराँस गाँउपालिका– ८ मालिका माविको हो । १२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ९ वटा कक्षा कोठा छन् । विद्यार्थीहरु विद्यालय प्राङगणमा ६ बर्षदेखि निर्माणाधीन भवन हेरेर चुहिने कोठमा कोचिएर अध्ययन गरिरहेका छन् । पानी पर्ने जस्तो देखिए विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाधपक भक्तबहादुर बस्नेतको दुखेसो छ । कच्ची भवनको छानो ५ पटकसम्म उडाइसक्यो, तर नयाँ भवन बनेन ।
पशुपति क्षेत्रमा रहेका सीसी क्यामेरा ‘नेपाल एसबीआई बैंक’को कन्ट्रोलमा –काठमाडौं । पशुपति नाथ मन्दिर परिषरमा चोरीका घटना बढेका छन् । गौशाला प्रहरी वृत्तका डिएसपीले आफू आएदेखि चोरीको निवेदननै नआएको दाबी गरेपनि हामीले गएको शनिबार मात्र ३ ओटा चोरी भएको र चोरीको भिडियो उपलब्ध गराउन प्रहरी आफैले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेखेको देखायौं । हामीले त्यसपछि पशुपति क्षेत्रमा रहेका सीसी क्योमराको भिडियो खोज्यौं । प्रहरीले पशुपति क्षेत्र विकास कोषसँग सीसी क्यामेराको एक्सिस भएको भन्दै भिडियो उपलब्ध गराउन कोषलाई पत्र लेख्ने गरेको छ ।