तीनसय दलित परिवारलाई गाउँपालिकाले गर्याे निशुल्क साेलार वितरण

जाजरकोट : जिल्लाकाे कुशे गाउँपालिकाले तीन सय दलित परिवारलाई निशुल्क सोलार सेट वितरण गरेको छ। वैकल्पिक उर्जा प्रवद्धन केन्द्रसँग विशेष पहल गरी तीनसय दलित परवारलाई गाउँपालिकाले निशुल्क साेलार सेट वितरण गरेकाे हाे । वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले चालु आर्थिक वर्षमा कुशेमा तीन सय र बारेकोटमा तीन सय दलित परिवारका लागि पूर्ण अनुदानमा निशुल्क सोलार प्रदान गरेको हो।

सोलार सेट निशुल्क पाएका दलित परिवार निकै उत्साहित भएका छन्। वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका कुशे ३ अर्छानी दतीवरका चुके कामीले पहिलो पल्ट सोलार पाउँदा निकै खुसी लागेको बताए। उनले रातीमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुग्ने बताए। त्यस्तै कुशे–५ खुर्पाकी रञ्जना बादीले निशुल्क सोलार पाउँदा निकै खुसी लागेको बताइन्। उनले बत्ति नहुँदा वर्षौदेखि टुकी र दियालोको भरमा गुजरा चलाउँदै आएको बताइन्।‘छोराछोरीलाई पढ्न सजिलो हुने भएको छ, रातीमा घरको कामकाज गर्न, खाना पकाउन सजिलो भएको छ’, उनले खुसी व्यक्त गर्दै भनिन्। उनीहरूले निशुल्एका प्राप्त गरेकाे एक सेट (२० वाट)को सोलारको बजार मूल्य १० हजार पाँच सय पर्छ।

बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य विपन्न दलित परिवारलाई निशुल्क सोलार प्रदान गरिएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। बत्ति नहुँदा टुकी, दियालो र मैनबत्तिको साहारामा पढ्न बाध्य दलित समुदायका बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने अध्यक्ष बस्तेको भनाइ छ। ‘गाँउपालिकामा ६ सय ६० दलित परिवार छन्। तीमध्ये अति विपन्न तीन सय परिवारलाई सोलार वितरण गरेका छौँ’, अध्यक्ष बस्नेतले भने ‘बाँकी परिवारलाई यसैवर्ष सोलारका लागि वैकल्पिक उर्जासँग आवश्यक पहल गर्नेछु।’

सम्बन्धित खवर

Back to top button