बर्दिया, असार १५ गते : राष्ट्रिय धान दिवस मनाउन कृषिमन्त्रीकाे टाेली बर्दिया पुगेको छ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । यसै माैकामा कृषीमन्त्री धान दिवस मनाउन बर्दिया हानिएका हुन् । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।
यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ ।
सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्षसमेत रहेका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्वसमेत करिब १५ प्रतिशतले वृद्धि हुने देखिएकाले आगामी दिनहरुमा धानखेतीको प्रवर्द्धनका लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिनु आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपाल कृषि अनुसन्धान परिषदबाट धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि भौगोलिक परिवेशअनुसार विभिन्न जात एवं उन्नत प्रविधिहरु सिफारिस भएतापनि उक्त प्रविधिहरु कृषकमाझ अपेक्षाकृत रुपमा पुग्न सकेको पाइँदैन । यसर्थ, धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रविधि प्रसार र यान्त्रिकीकरणलाई सँगसँगै लैजानु आजको आवश्यकता हो ।’
धान दिवस मनाउने नाममा राज्यकाेषकाे ढुकुटी मास्ने काम बन्द गर्न यहाँका स्थानीयले आग्रह गरेकाक छन् । कृषीप्रधान देशमा कृषीउपजका विभिन्न सामग्रीकाे अभाव टार्न नसक्ने तर धान दिवसकाे नाममा राज्यकाे ढुकुटी रित्याउँदै सयर गर्नु नैतिकता विपरितकाे काम भएकाे यहाँका स्थानीयकाे भनाइरहेकाे छ ।
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...