देश नार्न नसकेपछि खेत नार्दै बाबुराम

गोरखा : ‘इतिहासकाे कठघरामा एउटा बकपत्र’ २०७२ सालकै उत्कृष्ट आर्टीकल लेखेर नयाँ राजनीतिक यात्रा शुरू गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला उपेन्द्र यादवकाे समाजबादी पार्टी नेपालतिर बिलिन भएका छन् । यसअघि  उनले नयाँ शक्ति नेपालकाे स्थापना गरेका थिए । २०७२ सालमा जारी भएकाे नेपालकाे संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बाबुरामले संविधान निर्माण गरे लगत्तै तत्कालिन एकिकृत नेकपा माओबादी त्यागेका थिए ।

धान दिवसकाे अवसरमा असार १५ गतेका दिन देशभर धान रोपाइँ दिवस मनाइएकाे छ । यहीँ धान दिवस मनाउने क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले खेत नारेकाे तस्बीर सामाजिक सञ्जालमा भाइरल भएसँगै धेरैले देश नार्न नसकेर खेत नार्दै बाबुराम भन्ने टिप्पणी गरिरहेका छन् । कांग्रेसँग सहकार्य गरि गाेरखाबाट नारायणकाजी श्रेष्ठलाई हराउदै विजय भएपनि यतिबेला उनकाे भूमिका गाैण रहेकाले पनि यस्ताे टिप्पणी गरेका हुनसक्छन् ।

सरकारले देशका विभिन्न भागमा रोपाइँ दिवस मनायो । कृषिप्रधान देश नेपालमा वर्षमा एक दिन हिलोमा पस्नै पर्ने मान्यता छ। यही मान्यतलाई पछ्याउँदै अहिले समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष समेत रहेका डा.भट्टराई गृहजिल्ला गोरखामा आयोजित रोपाइँमा सहभागी भएका थिए । त्यसक्रममा छत्रेटोपी र घुँडामुनिसम्मको हाफ पाइन्ट लगाएका उनी हली र बाउसे भएर रोपाइँ दिवसमा सहभागी भएका हुन् । अन्य नेताहरु पनि देशका विभिन्‍न भागमा रोपाइँ दिवसमा सहभागी भएका छन्।

सम्बन्धित खवर

Back to top button