अन्तराष्ट्रिय विमानस्थलबाट आयो यस्तो खबर


काठमाण्डौं : गएको चैत १८ गतेदेखि १४ घन्टा मात्रै खुलेको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घन्टा खुल्ने भएको छ । विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर पिच निर्माणको काम भैरहेको थियो ।‘उनीहरुले रन वे को काम लगभग सकेका छन्, २(३ सय मिटर बाँकी छ, त्यो काम अब उनीहरुले राति ३ घन्टा काम गरेर सक्छन्, सोमबारदेखि हामीले विमानस्थल २१ घन्टा चलाउँदै छौंँ’ विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएको पनि उनले जानकारी दिए ।
गएको वर्षको जेठ ७ गतेदेखि विमानस्थल बिहान ३ बजेदेखि राति १२ बजेसम्म २१ घन्टा खुलाउन थालिएको छ । तर आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा अन्तर्राष्ट्रिय उडान कम्पनी, १० वटा आन्तरिक उडान कम्पनी र ९ वटा हेलिकप्टर कम्पनीका दैनिक ४ सय उडान र अवतरण हुन्छन् । औसतमा साढे २ मिनेटमा एउटा उडान र अवतरण भैरहेको हुन्छ ।३ हजार ५० मिटर लामो रन वे को ३० देखि ५० सेन्टिमिटर गहिराइसम्मको पिच उप्काएर नयाँ हाल्ने काम लगभग अन्तिम चरणमा पुगेको आयोजना प्रमुख बाबुराम पौडेलले जानकारी दिए ।


