यस्ताे त कसैलाई नहाेस् ! सबै सन्तान अपांग, ७१ वर्षीय आमालाई स्याहार गर्न सकस
गुल्मी, १६ असार : भगवान पनि कस्ताे पक्षपात गर्छ । एउटै संसारमा विभिन्न अवतार दिएर । यस्तै विभेद भएकाे गुनासाे गर्छन् गल्मी जिल्लाका एकै परिवारका चार अपाङ्ग सन्तान । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ३ हर्दीनेटाकाको एकै परिवारका सबै सन्तान अपांग छ्न । उक्त घरमा रहेका परिवारका चारै जना सन्तान जन्मजात अपाङग हुदाँ उक्त परिवारकाे बिचल्ली परेको छ । यस्ताे त कसलाई नहाेस् खान लाउन नपाएर मर्नु न बाँच्नुकाे दाेसाँधमा छन् याे परिवारका सदस्यहरू ।
घरका ४ सन्तान अपांग हुँदा ७१ बर्षिय आमाले उनिहरुको हेरचाह गर्दै आएकी छिन् । आमाले दुखेसो पोक्दै भनिन् ‘छोराछोरी यस्तै छ्न् छोडेर कता जाम साह्रै दुःख पाए । उता अर्कि अपांग छोरीले भक्कानिदै भनिन् ‘काम गर्न सकिँदैन मागेर खाँदा छिमेकिले हेला गर्छन्, साह्रै दुःख पाइरहेका छाैं ।’ उनले गुनासो गर्दै भनिन् ‘कमाउने मान्छे र साहरा दिने काेही छैन्, यिनै बुढी आमाले प्राण छाेडेका दिन हामी पनि आफै मर्न बाध्य हुनेछाैं ।’
त्यस्तै अर्का अपांग छोराले भने ‘भात खाने पैसा छैन उधारो कसैले पताउदैन ।’ उनले गहभरी आँसु निकाल्दै भने ‘यस्तै छ हजुर असहाय र गरिबकाे अपाङ्गकाे जिन्दगी, मराैं भने काल आउँदैन्, बाँचाैं भने बाँच्ने आधार छैन् ।’ मनकारी मान्छे र संघ संस्थाकाे बाटाे कुरेर आशैआशमा बाँचिरहेका छन् उनीहरू । सक्नुहुन्छ उनीहरू माथि कृपा गरिदिनुस् । तपाइँहरूकाे सानाे सहयाेगले उनीहरूकाे जीवन रक्षा हुनसक्छ ।
हेर्नुस् भिडियाे