विप्लव निकट ‘लाइफ कोच’ कार्की धरौटीमा रिहा


काठमाडौं : सोमबार काठमाडौं जिल्ला अदालतबाट ‘लाइफ कोच’ नर बहादुर कार्कीलाई धरौटीमा रिहा गरिएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका निकट मानिने कार्कीलाई आज अदालतबाट धरौटीमा रिहा गरिएको हो ।
असार ९ गते सोमबार साँझ कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले बालुवाटारबाट पक्राउ गरेको थियो ।



कार्की रेखा थापा निर्देशित मालिकाका कथाकार एवं कार्यकारी निर्मातासमेत हुन्। उनी नेताका अलवा समाजसेवी तथा मोटिभेसन स्पिकरका रूपमा चर्चित छन्।