निषेधको राजनीतिले समस्या समाधान हुँदैन -नरबहादुर कार्की

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता भएको आरोपमा पक्राउ परेका नरबहादुर कार्कीले आफूविरुद्धको आवाजलाई बन्द गर्न खोज्दा सरकारले मुलुकमा ‘इरिटेसन’ सृजना गरेको बताएका छन्।

अदालतबाट सोमबार धरौटीमा छुटेपछि कार्कीले राजनीतिक आस्थाकै आधारमा कसैलाई बन्दी बनाइनु लोकतन्त्रकै उपहास भएको बताए। उनले भने ‘ यो समग्र राजनीतिक कोर्स र संस्कारकै नराम्रो उदाहरण हो। निषेधको नीतिले संसारभर कतैपनि प्रियखालका समाधान आएका छैनन्’

जनताको चाहनालाई सरकारले सम्बोधन गर्नुपर्ने भन्दै उनले अगाडि थपे ‘हामी देशका विरुद्ध लडेका होइनौँ,  देशकै निम्तिको लडाइँ हो ।’  कम्युनिष्ट शासनमा आलोचनात्मक बहसलाई गतिलो संस्कार मानिए पनि नेपालका कम्युनिष्ट पार्टीहरुले आलोचना र विरोधी आवाजलाई सहन नसकेको उनको गुनासो छ। देश सञ्चारबाट याे सामग्री लिएका हाैं ।

हेर्नुस् भिडियाे

सम्बन्धित खवर

Back to top button