भारतले पायाे नेटाेकाे दर्जाः अब, विश्वमै शक्तिशाली बन्दै


एजेन्सी वासिङटन : अमेरिकी संसद्ले भारतलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सदस्य बराबरको दर्जा दिने सहमति दिएको छ। यसबाट अमेरिकाले भारतसँग नेटोको सहयोगी देश इजरायल र दक्षिण कोरिया समानको रक्षा व्यवहार गर्ने भएको छ। आर्थिक वर्ष २०२० का लागि नेशनल डिफेन्स अथराइजेशन एक्टलाई गत साता अमेरिकी सिनेटले अनुमोदन गरेको थियो।
यो विधेयकमा आएका संशोधन प्रस्ताव पनि अनुमोदित भएका छन्। सिनेटर जन कर्निन र मार्क वर्नरले विधेयकमा हिन्द महासागरमा भारतसँग मानवीय सहयोग, आतंकवादविरुद्ध संघर्ष, काउन्टर पाइरेसीलगायत विषयमा सहकार्य गर्नुपर्ने प्रस्ताव पेश गरेका थिए।



विधेयक पारित भएपछि हिन्दू अमेरिकी फाउन्डेशनले सिनेटर कर्निन र वर्नरको अभिनन्दन गरेको छ। हिन्दू अमेरिकी फाउन्डेशनका व्यवस्थापक समीर कालराले भने, ‘गैरनेटो देश भारतलाई नेटो सदस्य बराबरको दर्जा दिनु महत्वपूर्ण हो। यसबाट भारत र अमेरिकाबीच अभूतपूर्व सम्बन्धको शुरुवात भएको छ।’अमेरिकाले भारतलाई सन् २०१६ मा आफ्नो साझेदारको स्वीकार गरेको थियो। यसबाट भारतले निकै अत्याधुनिक र महत्वपूर्ण प्रविधि अमेरिकाबाट पाउनेछ। याे सामग्री अन्नपूर्णबाट लिएका हाैं ।