मृगाैला पींडितकाे सहारा बन्दै रवि ओड

काठमाडौं : रवि ओड, जसले नेपाल आइडल सिजन टुकाे उपाधि हात पर्नासाथ कान्छि आमा गुमाउन पुगे भने बालकैमा जन्मदिन आमा गुमाएका थिए । उनै ओड यतिबेला मृगाैला पींडितकाे सहारा बन्दैछन् । ओड नेपालगन्ज आउने भएका छन्। दुबै मृगौला फेलियर भएका हेमन्त सिंह ठकुरीको सहयोगार्थमा आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रममा उनी पनि सहभागी हुन २० असारमा गायक ओड नेपालगन्जमा आउने भएका छन् ।

उनले कार्यक्रममा कम्तीमा पनि ५ वटा गीत गाउनेछन्। उनले गीत गाएवापत कुनै शुल्क लिने छैनन्। ओडका साथै लोक गायिका निर्मला थापा मगर, पप गायक गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगरको प्रस्तुती रहनेछ।

सल्यान जिल्लाको बानगाड कुपुण्डे नगरपालिका ७ घर भएका हेमन्त सिंह ठकुरीको विगत ८ महिनादेखि दुबै मृगौलाले काम गर्न छोडेको छ। त्यसैको लागि सहयोग जुटाउनु यो कार्यक्रम गरियको बताउनु भयको छ।मृगौला पीडितको लागि निःशुल्क गाउन आउन लागेका हुन् हेमन्त बचाउ अभियानका संयोजक आशिष मल्ल ठकुरीले मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भनु वयको थियो।‘हामीले काठमाडौंबाट नेपालगन्ज आउने र जाने टिकट र होटलको व्यवस्था गरेका छौं । सहयोग जुटाउने अभियानमा उहाँ निःशुल्क गीत गाएर सहयोग गर्नुहुनेछ।

सम्बन्धित खवर

Back to top button